ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आँधीले पु¥याएको क्षतिबाट महासचिव गुटर्रेस दुःखी


admin
३० आश्विन २०७५, मंगलबार   १ : ४७   बजे

एजेन्सी, ३० असोज ।  युक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

भारतीय राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा गएको बिहीबार आएको आँधीबाट कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।
टिट्ली नामको सो आँधीका कारण भएका मानवीय तथा भौतिक सम्पत्तिको क्षतिप्रति उहाँले मङ्गलबार एक विज्ञप्तिमार्फत दुःख व्यक्त गर्नुभएको छ ।

महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा सो आँधीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसबाट पर्न गएको पीडाप्रति भारतीय सरकारमार्फत भारतीय नागरिकप्रति समवेदना पनि प्रकट
गर्नुभएको बताइएको छ ।

उक्त आँधीका कारण भारतमा ठूलो भौतिक क्षति पनि पुगेको छ । साथै यसबाट दशौँलाख नागरिक पनि प्रभावित भएका छन् ।

सो आँधीबाट उडिसाका विशेषगरी गन्जाम, गजापति र रायगडा जिल्लामा ठूलो असर परेको छ । त्यहाँका दशौँलाख नागरिक प्रभावित भएका र कतिपय विस्थापित पनि हुन पुगेका छन् ।

आँधीका कारण बाटोघाटो र पूर्वाधारहरु भत्किएका छन् । बिजुली र टेलिफोनजस्ता सुविधाबाट नागरिक वञ्चित हुन पुगेका उडिसाका सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group