एजेन्सी,१ कात्तिक । रुस प्रशासित क्रिमियामा विद्यार्थीमाथि गोली प्रहार भएको छ । विद्यार्थीले नै अन्दाधुन्दा गोली प्रहार गर्दा १९ जनाको मृत्यु भएको छ। बुधबार भएको उक्त घटनामा अन्य १२ जनाभन्दा बढी घाइते भएका छन् ।
रुसी अधिकारीहरुले क्रिमियाको कर्च टेक्निकल कलेजमा विद्यार्थीहरुमाथि भएको आक्रमण सोही कलजेका विद्यार्थीले गरेको बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार १८ वर्षिय विद्यार्थी भ्लादिस्लाभ रोसल्याकोभले कक्षाबाट बाहिर निस्केर क्यान्टिनमा अन्दाधुन्दा गोली प्रहार गरेका थिए।
त्यसपछि उनी आफैले आत्महत्या गरेको बताइएको छ।घटना गराउनुको उदेश्यबारे केही खुलाइएको छैन।
प्रतिक्रिया दिनुहोस्