काठमाडौं,२ कात्तिक । अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् ।
तालिवानले यो हमलामा आफुहरुले अमेरिकी कमान्डर जनरल स्कट मिलरलाई पनि निशाना बनाएको तर उनी बाच्न सफल भएको भन्दै हत्याको जिम्मेदारी तालिवानले लिएको छ ।आक्रमणमा परि स्थानीय खुफिया प्रमुख समेत मारिएका छन् ।
कंधारका गर्भनरसहित अन्य तीन अमेरिकी नागरिक घाइते भएका छन् । तालिवालने एक विज्ञप्ति जारी गर्दै जनरल रजाकलाई बर्बर प्रहरी अधिकारीको संज्ञा दिएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमले जनाए अनुसार हमलाकारीको मृत्यु भएको छ । जनरल रजाकलाइ पछाडिबाट गोली हानिएको थियो ।
आगामी निर्वाचनलाई लिएर अफगानिस्तानमा सुरक्षा चुनौती बढेको छ । तालिवानले निर्वाचनमा भाग नलिन मतदाता र उम्मेदवारहरुलाई चेतावनी दि“दै आएको छ । यो घटनापश्चात मतदाताहरुमा भयको वातावरण सिर्जना भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्