सान जोसे, ४ कात्तिक । नदीमा राफ्टीङ गरिरहेका चार जना अमेरिकी पर्यटकको दुर्घटनामा मृत्यु भएको र एक जना कोस्टारिकाका नागरिक बेपत्ता भएको रेडक्रसले जनाएको छ ।
कोस्टारिकाको नारान्जीतो नदीमा डुङ्गामा रहेका चौध जना पर्यटक र तीन जना गाइडमध्ये चार जनाको मृत्यु भएको हो । नदीमा बाढी आएका कारण डुङ्गा पल्टिएको बताइएको छ ।
कोस्टारिकामा राफ्टीङ निकै लोकप्रिय मानिन्छ । आजभोलि यहाँका नदीहरुमा बाढी आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्