ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदी अरबीयालाई हतियार बिक्री रोक्छौं– मर्केल


admin
५ कार्तिक २०७५, सोमबार   १ : ५५   बजे

बर्लिन, ५ कात्तिक । जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खशोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी अरेबियालाई तत्कालका लागि सैनिक सामग्री बिक्री नगर्ने बताउनुभएको छ ।

“सीमित मात्रामा भइरहेको सैनिक सामग्री बिक्रीका सम्बन्धमा समेत जर्मनीको आलोचना भइरहेकै थियो, अहिलेको विषम अवस्थामा साउदी अरेबियालाई हतियार बिक्री हुँदैन,” चान्सलर मर्केलले पार्टी मुख्यालयमा पत्रकारहरुलाई बताउनुभयो ।

जर्मन विदेशमन्त्री हेइको मासले शनिबार नै साउदी अरेबियालाई सैनिक सामग्री बिक्री नगरिने स्पष्ट गर्नुभएको थियो ।

जर्मनीले सन् २०१८ का लागि साउदी अरेबियालाई करिब ४८ करोड अमेरिकी डलर बराबरको सैनिक सामग्री बिक्री गर्न गत महिना मात्र स्वीकृति दिएको थियो । विगतमा बर्लिनले साउदीलाई सैनिक सामग्रीका रुपमा मुख्यतः प्याट्रोल बोट (गस्ती डुङ्गा) निकासी गरिआएको थियो ।

मर्केलले खशोग्गीको हत्याको कडा शब्दमा निन्दा गर्नुका साथै उक्त घटनाको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने बताउनुभयो । “हामीले यस घटनाका सबै कुरा थाहा पाएका छैनौं र अपराधीलाई कारबाही गरिएकै छैन,” उहाँले भन्नुभयो ।

मर्केलले यस घटनाका सम्बन्धमा सामूहिक प्रतिक्रियाका बारेमा अन्तर्राष्ट्रिय साझेदारसँग परामर्श गरिरहेको पनि बताउनुभयो ।

जर्मनीले लेबनान मामिलामा साउदी अरेबियाले हस्तक्षेप गरेको आरोप लगाएपछि जर्मनी र साउदी अरेबियाबीचको सम्बन्धमा चिसोपन आएको थियो । दुबै मुलुकले आआफ्ना राजदूतहरु फिर्ता बोलाए पनि १० महिनापछि गत सेप्टेम्बरमा मात्र पुनस्र्थापित गरिएका थिए ।

खशोग्गीको हत्यापश्चात युरोपेली साझेदारहरु बेलायत, फ्रान्स र जर्मनीसँग साउदी अरेबियाको नयाँ तर गम्भीर दरार उत्पन्न भएको छ । उनीहरुले इस्तानबुल महाबाणिज्यदूतावासभित्र खशोग्गीको कसरी मृत्यु भएको हो भन्ने प्रस्ट पार्न दबाब दिइरहेका छन् ।

झण्डै १५ दिनसम्म हत्याको आरोपको खण्डन गरिरहेको साउदीले गत शनिबार मात्र खशोग्गीको अक्टोबर २ मा हत्या भएको स्वीकार गरेको थियो । तर इस्तानबुल महाबाणिज्यदूतावासमा झगडा हुँदा खशोग्गीको मृत्यु भएको साउदी अरेबियाले अविश्वसनीय भनाइ सार्वजनिक गरेको छ । विश्व समुदायले उक्त भनाइलाई अस्वीकार गर्दै खशोग्गीको शव सार्वजनिक गर्न आग्रह गरिआएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu