ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्याक्सीबाट झोला झिकेपछि मात्र घटनाबारे थाहापाए निराजनले (भिडियोसहित)


एबीसी न्यूज
६ कार्तिक २०७५, मंगलबार   ६ : ५८   बजे


पोखरा, ६ कात्तिक । आपराधिक गतिविधिको निगरानी गर्न देशका प्रायः सहरमा सिसिटिभी क्यामरा जडान गर्ने लहर चलेको छ । तर, त्यसको उपयोगले कति आपराधिक गतिविधि नियन्त्रणमा कति सहयोग पुग्यो भन्ने सर्वसाधरणले थाहा पाएका छैनन् । सिसिटिभी क्यामरा जडान गरेपछि फाइदा लिने नागरिक नगन्य मात्रामा होलान् । तर, पोखरामा भने एक व्यक्तिले सिसिटिभीको सहायताले हराएको बहुमूल्य वस्तुका प्राप्त गरेका छन् ।

आईतबार अन्यन्त्र शहरहरुमा जस्तै पोखरामा पनि दशैंको प्रभाव परेको थियो । दशैं मनाउन आउने जाने सर्वसाधरणको चहलपहल थियो । तिनैमध्ये रुमा थापा पनि दिउ“सो करिब १ बजे बालबच्चा, साढे दुई तोला सुनका गरगहनासहित लत्ताकपडाले भरिएको झोलासहित ट्याक्सी चढिन् । उनी लेकसाइड पुगेपछि ट्याक्सीबाट निस्किइन् । तर, बालबच्चाका कारण झोला ट्याक्सीमै छुट्यो । उनले हत्तपत्त १०० मा फोन गरी प्रहरीलाई ट्याक्सीको हुलिया बताइन् । ट्याक्सीको अगाडिपट्टि अतिरिक्त जडान गरिएको पहेलो रङको ५ वटा बत्ति र पछाडिपट्टि बार्सिलोनाको स्टिकर टा“सिएको थियो । यो सूचना पाउन बित्तिकै प्रहरीले निगरानी बढायो । ट्याक्सीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा ग १ ज ३९९२ नम्बरको ट्याक्सीको डिक्किमै झोला फेला परेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले जानकारी दिए ।

सिसि क्यामेराको सहयाताबाट बिगतमा पनि अपराधमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिन सहयोग पुगेको प्रहरी उपरीक्षक रानाले बताए । उक्त ट्याक्सी पनि सिसिटिभि क्यामराको सहायताले नै पत्ता लगाएको उनको भनाइ छ ।
पोखरा महानगरपालिका वडा नं १५ का ट्याक्सी चालक निराजन थापालाई प्रहरीले आफुलाई प्रहरी कार्यालय ल्याउदा सम्म किन ल्याईयो भन्ने समेत थाहा नभएको बताए । जब प्रहरी कार्यालय पुगे तब ट्याक्सीको डिक्की खोलेर झोला झिकेपछि मात्र घटनाबारे थाहा भएको उनको भनाइ थियो ।

ट्याक्सीमा छुटेको वस्तु पुनः पाउनेमा आशा नरहेका बेला फेला पर्दा अचम्मित भएको रुमा थापाले प्रतिक्रिया दिइन् । हराइसकेको वस्तु फेला परेपछि सिसिटिभी क्यामरोको महत्व थाहा पाएको उनले बताईन ।

पोखराको अति ब्यस्त हुने चोकहरुमा जडान गरिएको सिसिटिभी क्यामेराको कारण प्रहरी काम गर्न सजिलो बनाएको छ । मख्य चोकमा मात्र राखिएको क्यामरा भित्री गल्लीहरुमो समेत विस्तार गर्न सके प्रहरीको सक्रियतालाई अझै बढी सहयोग पुग्ने देखिन्छ ।

https://www.facebook.com/abctelevision/videos/263672457686166/?t=1162

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu