ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीसीटीभीको संकटमा साथ


admin
६ कार्तिक २०७५, मंगलबार   ११ : ५५   बजे

पोखरा । आपराधिक गतिविधिको निगरानी गर्न देशका प्रायः सहरमा सिसिटिभी क्यामरा जडान गर्ने लहर चलेको छ । तर, त्यसको उपयोगले कति आपराधिक गतिविधि नियन्त्रणमा कति सहयोग पुग्यो भन्ने सर्वसाधारणले थाहा पाएका छैनन् । सिसिटिभी क्यामरा जडान गरेपछि फाइदा लिने नागरिक नगन्य मात्रामा होलान् । तर, पोखरामा भने एक व्यक्तिले सिसिटिभीको सहायताले हराएको बहुमूल्य वस्तु प्राप्त गरेका छन् ।

आइतबार अन्यन्त्र शहरहरुमा जस्तै पोखरामा पनि दशैंको प्रभाव परेको थियो । दशैं मनाउन आउने जाने सर्वसाधरणको चहलपहल थियो । तिनैमध्ये रुमा थापा पनि दिउँसो करिब १ बजे बालबच्चा, साढे दुई तोला सुनका गरगहनासहित लत्ताकपडाले भरिएको झोलासहित ट्याक्सी चढिन् । उनी लेकसाइड पुगेपछि ट्याक्सीबाट निस्किइन् । तर, बालबच्चाका कारण झोला ट्याक्सीमै छुट्यो । उनले हत्तपत्त १०० मा फोन गरी प्रहरीलाई ट्याक्सीको हुलिया बताइन् । ट्याक्सीको अगाडिपट्टि अतिरिक्त जडान गरिएको पहेलो रङको ५ वटा बत्ति र पछाडिपट्टि बार्सिलोनाको स्टिकर टाँसिएको थियो ।

यो सूचना पाउन बित्तिकै प्रहरीले निगरानी बढायो । ट्याक्सीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा ग १ ज ३९९२ नम्बरको ट्याक्सीको डिक्किमै झोला फेला परेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले बताए ।  सिसि क्यामेराको सहयाताबाट बिगतमा पनि अपराधमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिन सहयोग पुगेको प्रहरी उपरीक्षक रानाले बताए । उक्त ट्याक्सी पनि सिसिटिभि क्यामराको सहायताले नै पत्ता लगाएको उनको भनाइ छ ।

पोखरा महानगरपालिका वडा नं १५ का ट्याक्सी चालक निराजन थापालाई प्रहरीले आफुलाई प्रहरी कार्यालय ल्याउदा सम्म किन ल्याईयो भन्ने समेत थाहा नभएको बताए । जब प्रहरी कार्यालय पुगे तब ट्याक्सीको डिक्की खोलेर झोला झिकेपछि मात्र घटनाबारे थाहा भएको उनको भनाइ छ ।

ट्याक्सीमा छुटेको वस्तु पुनः पाउनेमा आशा नरहेका बेला फेला पर्दा अचम्मित भएको रुमा थापाले प्रतिक्रिया दिइन् । हराइसकेको वस्तु फेला परेपछि सिसिटिभी क्यामरोको महत्व थाहा पाएको उनको भनाइ छ ।

पोखराको अति ब्यस्त हुने चोकहरुमा जडान गरिएको सिसिटिभी क्यामेराको कारण प्रहरी काम गर्न सजिलो बनाएको छ । मख्य चोकमा मात्र राखिएको क्यामरा भित्री गल्लीहरुमो समेत विस्तार गर्न सके प्रहरीको सक्रियतालाई अझै बढी सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group