एजेन्सी, ७ कात्तिक । पत्रकार जमाल खशोग्गीको हत्यारा जो भए पनि कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ ।
साउदीको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भए पनि उसलाई कानूनी दायरामा ल्याइने उल्लेख छ ।
साउदी अरबले सत्य तथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको बताएको छ ।
घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइने विज्ञप्तिमा भनिएको छ ।
खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महावाणिज्य दूतावासमा गएको अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा छ ।
प्रतिक्रिया दिनुहोस्