ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरणमा मुछिएका निलम्बित एसपी विष्टले बुझाए स्पष्टीकरण


एबीसी न्यूज
७ कार्तिक २०७५, बुधबार   २ : ५१   बजे


काठमाडौं, ७ कात्तिक ।  कञ्चनपुरका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका छन् ।
कञ्चनपुर की १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नस्ट गर्ने कार्यमा संलग्न रहेको आरोप लाग्दै आएका (एसपी) विष्टले २४ घण्टामा स्पष्टीकरण बुझाउनुपर्ने व्यवस्थाअनुसार बुधवार मध्याह्न प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका हुन् ।

गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयलाई निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको थियो ।  प्रहरी प्रधान कार्यालयका अनुसार एसपी विष्टले मंगलवार स्पष्टीकरण सोधिएको पत्र बुझेका थिए ।

‘गृह मन्त्रालयबाट प्राप्त निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी विष्टलाई सोधेको स्पष्टीकरण प्राप्त भएको र स्पष्टीकरण जस्ताको तस्तै गृह मन्त्रालयमा पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्राप्त प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले विष्टमाथि छानबिन थालेको थियो । प्रहरी प्रधान कार्यालयले विष्टले नियतवश प्रमाण नष्ट गरेको भन्दै प्रहरी नियमावली अनुसार वर्खास्तका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । गृह मन्त्रालय स्रोतका अनुसार विष्ट र भट्टले बुझाएको स्पष्टीकरण अध्ययन गरेर मात्रै उनीहरूको विषयमा निर्णय लिइने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group