ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर २ ले प्रहरी ऐन बनायो, यस्तो छ प्रहरी ऐन


एबीसी न्यूज
७ कार्तिक २०७५, बुधबार   ७ : १९   बजे

काठमाडौं, ७ कात्तिक । प्रदेश नम्बर २ ले आफ्नो छुट्टै प्रहरी कानुन संघीय कानुन आउनुअघि नै बनाएको भन्दै केन्द्र सरकारका मन्त्री र अन्य नेताहरूले आपत्ति जनाइरहेका छन्।

केन्द्र र प्रदेशबीच विवाद देखा परेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहालले संघीय सरकारलाई ओभरटेक नगर्न चेतावनी दिएका छन्।

तर प्रदेश सभाले असोज २७ गते पास गरेको प्रहरीसम्बन्धी विधेयक अहिलेसम्म प्रमाणीकरण भएको छैन। प्रदेश प्रमुख रन्तेश्वर कायस्थले त्यस्तो विधेयक आफूकहाँ नआएको बताए।

‘यो विषयमा मलाई तपाईंहरूले सोध्ने होइन। मुख्यमन्त्रीलाई सोध्नुस् उहाँले नै जवाफ दिने हो। मकहाँ विधेयक नै आएको छैन कसरी प्रमाणीकरण गरूँरु’ कायस्थले भने। मुख्यमन्त्री लालबाबु राउतले प्रमाणीकरण गर्नू ठूलो कुरा नभएको बताए।
यसअघि संघीय मामिला मन्त्री लालबाबु पण्डितले संघीय प्रहरी ऐन नबन्दै प्रदेश प्रहरी ऐन बनाउनुको कुनै अर्थ नभएकोले कार्यान्वयन हुन नसक्ने बताएका थिए।

संविधानको धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन रहने उल्लेख छ। त्यस्तै, उपधारा ३ मा भने नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी व्यवस्था संघीय कानुनबमोजिम हुने भनिएको छ।

यी दुवै उपधारालाई देखाएर केन्द्र र प्रदेशले आफ्ना आफ्ना तर्क अगाडि सारेका छन्। केन्द्रले प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी व्यवस्था संघीय कानुन हुनुपर्ने संविधानको व्यवस्था भएकाले पहिला संघीय कानुन आउनुपर्ने बताउँदै आएको छ।

यस्ताे छ प्रदेश नम्बर २ काे प्रहरीसम्बन्धी विधेयक

https://drive.google.com/drive/shared-with-me

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu