ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डिया कन्क्लेभमा प्रचण्डको सम्बोधन : नेपालको संविधान नागरिक घोषणापत्रको उत्कृष्ठ नमुना


admin
९ कार्तिक २०७५, शुक्रबार   ६ : ३२   बजे

नयाँ दिल्ली, ९ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान नागरिक घोषणापत्रको उत्कृष्ठ नमुना भएको बताउनुभएको छ ।

भारतको राजधानी नयां दिल्लीमा इन्डिया फाउन्डेसनद्वारा आयोजित पांचौं इन्डिया कन्क्लेभको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जननिर्वाचित प्रतिनिधिले लेखेका कारण नेपालको संविधान नागरिक घोषणापत्र भएको बताउनुभएको हो ।

प्रचण्डले संविधानले जनताको सपनालाई संस्थागत गर्न र दशक लामो संघर्षबाट जनताले देखेको सपनालाई संस्थागत गर्ने काम गरेको दाबी गर्नुभयो । उहांले संविधानले जनताको सार्वभौमिकता र राज्यको अधिकारलाई यसले स्थापित गरेको बताउंदै अझै बांकी रहेका इच्छा आकांक्षालाई पुरा गर्न संविधान संशोधनको बाटो खुला राखेको टिप्पणी गर्नुभयो ।

उहांले भन्नुभयो, ‘यो नागरिक घोषणापत्रले संविधानमा जनताका अधिकार र इच्छा आकांक्षालाई अझ बढी संस्थागत गर्न संविधान संशोधनको प्रतिवद्धता समेत जनाएको छ । नागरिक मूल्य मान्यताको उच्च सम्मान गर्न र जनताको राष्ट्रिय एकतालाई मजबुद बनाउन नेपालको संविधानले महत्वपूर्ण भूमिका खेलेको छ ।’

अध्यक्ष प्रचण्डले संविधानलाई संस्थागत गर्न तीन तहको निर्वाचन सम्पन्न गर्दै संघीयतालाई संस्थागत गरेको बताउनुभयो । दशक लामो कष्टपूर्ण राजनीतिक संक्रमणकालको अन्त्य गर्दै विकासका लागि अत्यावश्यक शर्तका रुपमा रहेको बलियो स्थायी सरकार बनाउन सफल भएको बताउनुभयो ।

सबैप्रकारका राजनीतिक लक्ष्यहरु हासिल भैसकेको बताउंदै उहांले अब आफुहरुको गरिबी, बेरोजगारीको अन्त्य गर्दै विकास र समृद्धिको वृहत्तर लक्ष्य पुरा गर्नमा केन्द्रित भएको जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न विकास र समृद्धिका निश्चित क्षेत्रलाई निदृष्ट गरेर अघि बढ्न खोजिरहेका बताउनुभयो ।

उहांले विकास र समृद्धिको नेपालको अभियानमा छिमेकी देशहरुबाट प्राप्त सहयोग र समर्थनका लागि आभार समेत ब्यक्त गर्नुभयो । शान्त र समृद्ध नेपालले नै यस क्षेत्रको शान्ति, स्थायित्व र विकासका लागि भूमिका खेल्न सक्ने बताउंदै उहांले आफुहरुको अपेक्षामा सबैको समर्थन रहने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपाल र भारत इतिहासकालदेखि नै सहअस्तित्वको सम्बन्ध रहेको समेत स्मरण गर्नुभयो । नेपाल र भारत भूगोल र इतिहासबाट, धर्म, नदी र संस्कृति र व्यापारबाट जोडिएका बताउंदै उहांले छिमेकी मात्र नभएर अति नजिकका मित्र भएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu