ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जामा लगानी र नेपालमा पर्यटक भित्र्याउनेबारे उर्जामन्त्री पुन र सर्वियाका उपप्रधानमन्त्रीबीच छलफल


admin
१० कार्तिक २०७५, शनिबार   ७ : १७   बजे

काठमाडौं, १० कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भेटवार्ता भएको छ । युरो–एसियाइनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुग्नुभएका उर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच शनिवार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा द्धिपक्षिय हितका विषयमा छलफल हुनुका साथै दुवै देशको बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमा समेत कुराकानी भएको थियो ।

मन्त्री पुनले गत मे मा उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रती नेपाल सरकार,परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मंचमा प्रस्तुत हुंदा साझा धारणा बनाएर जाने प्रस्ताव समेत राख्नुभएको थियो ।

उहाले दुवै देशको सम्बन्ध मजवुत बनाउन उच्चस्तरीय भ्रमणको आदान प्रदानमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
मन्त्री पुनले भेटमा भन्नुभयो ‘हामी पुराना सहयात्री मुलुक पनि हौं, नेपाल र सर्वियाको द्धन्द्ध र शान्तीको झण्डै उस्तै–उस्तै अनुभव छ, आगामी दिनमा विश्वमंचमा समेत साझा धारणा बनाएर अघि बढौ ।’

नेपाललामो समय द्धन्द्धमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायीत्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजवुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको जानकारी सर्वियाली उपप्रधानमन्त्रीलाई दिनुभएको थियो ।

मन्त्री पुनले नेपालको उर्जा र जलविद्युत क्षेत्रमा लगानीको लागी सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह गर्नुभयो । उहाले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफुले पहल गरिरहेको धारणा राख्नुभयो ।

सरकारले नेपालमाविदेशी पर्यटकहरुलाई भित्रयाउन भिजिट २०–२० कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्भियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाईदिन पनि उहाले उपप्रधानमन्त्री इभिकासंग आग्रह गर्नुभयो ।

‘तपाई आफै पनि नेपाल भ्रमणमा जानुभएको छ, नेपाल निकै सुन्दर पनि छ, सरकारले अघि सारेको अभियानमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणको लागी उत्प्रेरित गरेर सहयोग गर्नुभयो भने हामी आभारी हुने थियौ ।’भेटमा मन्त्री पुनको भनाई उदृत गर्दै उहांका निजी सचिव कमानसिंह थापाले भन्नुभयो ।

जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसंगको सम्बन्ध मजवुत बनाउन सर्विया ईच्छुक रहेको भन्दै नेपालमा लगानीको लागी आफुले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागी वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाले इनर्जी फोरममा नेपालले सहभागीता जनाउनुलेपनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजवुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुवै देशको विचमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu