ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार , विशिष्ट व्यक्तित्वहरुको सहभागिता (फोटोफिचरसहित)


एबीसी न्यूज
१० कार्तिक २०७५, शनिबार   ८ : २३   बजे

काठमाडौँ, १० कात्तिक । विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना भएको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार पत्रकारलगायतका व्यक्तित्वहरुको सहभागिता रह्यो ।

अतिथिहरुलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’लगायत शीर्ष नेताहरुले अतिथिको स्वागत गरेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकतापछि नेकपाको यो पहिलो चियापान कार्यक्रम हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको छातीमा सङ्क्रमण देखिएपछि पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।

चियापान कार्यक्रममा प्रधानमन्त्री ओली आउने तय भए पनि अस्वस्थ्यताका कारण उहाँ नआउनुभएको उहाँको स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो ।

नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएकाले आउन नसके पनि भावनात्मकरुपमा उहाँ उपस्थित हुनुभएको प्रतिक्रिया दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताउनुभएको छ ।
चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल जातीय, भाषिक, धार्मिकरुपमा विविधतायुक्त देश रहेको र त्यसले एकताको सुत्रमा बाँधेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “एकअर्काको संस्कृतिप्रति सम्मान, सहयोग, सद्भावना व्यक्त गर्ने हाम्रो मौलिक सांस्कृतिक विविधता रहेको छ । यसलाई नेपालीले गौरव गर्न सक्छन्, गौरवान्वित भएका छन् ।” नेपाल जनसङ्ख्या र भौगोलिक सीमाले ठूलो नभए पनि बहुजाती, बहुभाषी, एवं बहुसांस्कृतिक विविधताले युक्त मुलुक रहेको र सबै जातजातीबीच सद्भावसमेत रहेको उल्लेख गर्नुभयो ।

नेपाल राजनीतिकरुपमा नयाँ कालखण्डमा प्रवेश गरेको र समाजवादको नयाँ युगमा जाने भनेर संविधानमा नै लिपिबद्ध गरिएको भन्दै अध्यक्ष दाहालले आर्थिक विकास र समृद्धिको यात्रा नै आफूहरुको कार्यभार रहेको बताउनुभयो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई बनेको नेकपाले पहिलो पटक आयोजना गरेको चियापान कार्यक्रम देशभर नै आयोजना भइरहेको र त्यसले राजनीतिक सक्रियतासमेत बढाएको उल्लेख गर्नुभयो । प्रदेश र स्थानीय तहमा पार्टी एकताको काम ढिलो भए पनि समाजमा राजनीतिक गतिविधि र कार्यक्रमलाई जीवन्तता प्रदान गरेको उहाँको भनाइ थियो ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सो धारणा व्यक्त गर्नुभयो ।

देश अब मेलमिलाप, एकता र समृद्धिमा जान लागेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उहाँले भन्नुभयो, “मेलमिलाप र समृद्धिमा जानुपर्छ, तर यो सबै कुरा सत्तापक्षको हातमा छ ।

 

 

     

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu