नयाँदिल्ली, ११ कात्तिक । भारतको नयाँदिल्लीका पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।
किर्ती नगरस्थित आफ्नै निवासमा खुरानाको निधन भएको परिवारिक स्रोतले जनाएको छ । “उहाँलाई केही दिनदेखि छातीमा समस्या देखिएको थियो, र ज्वरोले पनि असर गरेको थियो ।”
चार पटक सांसद बन्नु भएका खुराना भारतीय जनता पार्टीका नेता हुनुहुन्थ्यो । उहाँ सन् १९९३ देखि १९९६ सम्म नयाँदिल्लीको मुख्यमन्त्री बन्नु भएको थियो । त्यसैगरी सन् २००४ मा छोटो समयका लागि उहाँ राजस्थानको राज्यपाल हुनुहुन्थ्यो ।
उहाँको निधन भएकोप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्