काठमाडौं, १२ कात्तिक । मलेसियाका मानव संशाधन मन्त्री एम. कुलासेगरनले पशुपतिमा पूजाआजा गरेका गरेका छन् ।
हिजो राती ११ बजे काठमाडौं आइपुगेका मन्त्री कुलासेगरनले सोमबार बिहान ८ बजे पशुपति मन्दिर पुगेर पूजा गरेका हुन् ।
नेपालसँग श्रम सम्झौताका लागि नेपाल आएका कुलासेगरनले आजै दिउँसो पाटन दरबार र नारायणहिटी संग्रहालयको अवलोकन गर्ने कार्यक्रम छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार, मलेसियासँगको श्रम सम्झौतामा ११ बजे दुर्इ देशबीच हस्ताक्षर हुनेछ ।
प्रतिक्रिया दिनुहोस्