ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, केही दिन अस्पतालमै राखिने


admin
१२ कार्तिक २०७५, सोमबार   १२ : ४२   बजे

काठमाडौं,१२ कात्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उहाँकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिइ सूक्ष्म अवलोकनका लागि राखिएको हो । गत शुक्रबारदेखि सामान्य अस्वस्थ्य हुनुभएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीलाई आज बिहान ०४ः३० बजे उक्त अस्पतालको ‘मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (सिसियु) मा राखिएको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले उहाँकोे छातीमा भएको सङ्क्रमणमा क्रमिक सुधार आएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । प्रा.डा श्रेष्ठले केही दिनमै प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी निवास फर्कनुहुने अपेक्षा गर्नुभयो । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे दैनिक दुई पटक प्रेस विज्ञप्तिमार्फत जानकारी दिने जनाएको छ ।

प्रधानमन्त्री ओलीको उपचारका लागि वरिष्ठ कार्डियोलोजिष्ट डा अरुण सायमीको संयोजकत्वमा निजी चिकित्सक डा दिव्या सिंह र डा सन्त दास सम्मिलित तीन सदस्यीय टोली गठन गरिएको छ । डा सायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा चिनीको मात्रा (सुगर) गएराति ३०० मिलिग्राम देखिएकामा अहिले क्रमशः सन्तुलित हुन थालेको छ ।

प्रधानमन्त्रीलाई उपचारका लागि विदेश लैजानुपार्ला की भन्ने पत्रकारको जिज्ञाशामा उहाँका निजी चिकित्सक डा सिंहले शिक्षण अस्पतालको ‘अब्जर्भेसन’ पछि यसबारेमा थाहा हुने प्रतिक्रिया दिनुभयो । डा सिंहले ओलीलाई एमसिसियुमा राख्नुपर्ने अवस्था नरहे पनि भेटघाटका लागि आउने भीडका कारण थप सङ्क्रमण हुनसक्ने भएकाले उक्त कक्षमा आराम गराई उपचार गराइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मौसमी रुघाखोकी र हल्का ज्वरो कम नभएकाले प्रधानमन्त्री ओली बिहान आफैँ गाडीमा बसेर अस्पताल जानुभएकाले उहाँको स्वास्थ्य अवस्था गम्भीर नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत वरिष्ठ नेताहरु तथा मन्त्रिगण अस्पताल पुग्नुभएको थियो । उहाँलाई भेटेर फर्कनुभएका नेकपाका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओली कुराकानी गर्ने, आफैँ शौचालय जानसक्ने अवस्थामा रहनुभएको राससलाई बताउनुभयो ।

अस्पताल पुग्नुएका नेकपाका नेता केशव बडालले भने उपचारमा रहनुभएका प्रधानमन्त्रीलाई भेट्न भीडभाडले गर्दा थप सङ्क्रमण हुनसक्ने भएकाले आरामका साथ उपचार गर्न दिइनुपर्ने बताउनुभयो ।

मिर्गाैला प्रत्यारोपण गरिएका कारण प्रधानमन्त्री ओली विगतमा ‘फलोअप’ का लागि थाइल्याण्डको बैंकका जाने गर्नुहुन्थ्यो । दशैँमा गृहजिल्ला झापा पुगी फर्किएर काठमाडौँ टीकाटालो गनुर्का साथै कार्यकर्ता र सर्वसाधारणलाई दैनिक टीका लगाएका कारण उहाँलाई धपेडी भएको थियो ।

त्यहीबीचमा नेकपा सचिवालयको बैठकमा उहाँ सहभागी हुनुभएको थियो । अस्वस्थताका कारण प्रधानमन्त्री ओली नेकपाले यही कात्तिक १० गते आयोजना गरेको चियापान कार्यक्रममा अनुपस्थित हुनुभयो तर राष्ट्रपति विद्यादेवी भण्डारीको आजदेखि हुने मित्रराष्ट्र कतारको औपचारिक भ्रमण स्वीकृत गर्नेलगायत कार्यसूचीका लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटमा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group