ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशः पूर्व प्रधानमन्त्री जियालाई थप सात वर्ष जेल सजाय


admin
१२ कार्तिक २०७५, सोमबार   २ : ५२   बजे

 

ढाका, १२ कात्तिक ।  बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । भ्रष्टाचारको आरोपमा उहाँमाथि पाँच वर्षको जेल सजाय तोकिएको छ ।

अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बङ्गालादेश नेसलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताहरुबीच झडप भएको छ । ७३ वर्षीया जियाले कारागारभित्रैबाट बीएनपीको नेतृत्व गरिरहनु भएको छ ।

पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ ।

पछिल्लो आदेशका कारण हसिनामाथि जियाले चुनौती दिने सम्भावना घटेर गएको छ । जियाको पार्टी बीएनपीले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन, तर उहाँका वकीलहरुले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन् ।

जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो । जियामाथि हिंसा र भ्रष्टाचारसँग सम्बन्धित अरु मुद्दाहरु पनि अदालतमा विचाराधीन छन् । ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि कमजोर रहेको छ । उहाँलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताएको छ ।

जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उहाँका वकीलहरुले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् ।

गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu