ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पा चिनाउने चलचित्र‘म्हेन्दु’प्रर्दशनको तयारीमा


एबीसी न्यूज
१३ कार्तिक २०७५, मंगलबार   ३ : १३   बजे

त्रिपुराकोट(डोल्पा) १३ कार्तिक । बिकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र म्हेन्दु प्रर्दशनको अन्तिम तयारीमा रहेको छ । सुन्दरी,परी वा फुलको अर्थ बोेकको चलचित्र म्हेन्दुको सम्पादन,डबिङ् लगाएतको काम सम्पन्न भईसकेकाले तीहारको अवसर पारेर डोल्पामा च्यारीटी शो गर्ने र डोल्पापछि अस्ट्रेलिया,दुबई,कतार, मलेशीया, जापान, अमेरीका लगाएतका देशहरुमा समेत प्रर्दशनगर्ने निर्माणपक्षले जनाएको छ ।

नेपालका हलहरुमा माघको दोस्रोसाता पछि प्रर्दशनगर्ने बताईएको छ । डोल्पाको मौलिकतालाई झल्काईएको चलचित्र म्हेन्दुको छायाङ्कननेपालकै प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिर,मान्छेको बली दिने ईतिहाँस बोकेको ऐतिहाँसिक क्षेत्र राजारानी लगाएतका प्रमुख पर्यटकिय गन्तब्यहरुमा गरिएको हो ।

डोल्पालीको जीवनशैली र उनीहरुको यथार्त परिदृष्यमा आधारित रहेर छायाँङन गरिएको चलचित्र म्हेन्दुले समग्र हिमाली क्षेत्रको बास्तबिकतालाई प्रतिनिधित्व गरेको छ । त्यतिमात्रै नभई भौगोलिक बिकटताको कारण सामान्य औषधी उपचार नपाएरै ज्यान समेत गुमाउपर्ने हिमाली महिलाहरुको बास्तबिकतालाई समेत चलचित्रले उजागरगर्न खोजेको निर्देशक देब नेपालले जानकारी दिए ।

देब नेपालको लेखन तथा निर्देशन रहेको चलचित्र म्हेन्दुलाई करिब एक करोड लागतमा निर्माण गरिएको निर्माता अर्जुन प्रसाद डोटेलले बताए । मारोन मुभिज एण्ड ईन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र म्हेन्दुमा स्थानीय कलाकार लक्ष्मण देबकोटा,भोला तिमल्सेना,सोनु राई,रमेश सोडारी,शान्ति घिसिङ्,चन्द्रमनी मुडभरी,कालुराना,बिन्दा थिङ,प्रतिक्षा खतिवडा,एस राज कुमार,बाबुराजा शाक्य लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

रोहित बिक्रम कार्कीले छायाङ्कन गरेको चलचित्र म्हेन्दुमा ,द्धन्द निर्देशन राजु किँरातीले गरेकाछन् भने बिमल डाँगी,सरोज कोईराला र कुमार लामा योञ्जनले चलचित्रलाई संगीतबद्ध गरेकाछन् । चलचित्र म्हेन्दुमा डोल्पालीको जनजिविका मात्रै नभई डोल्पाको अनुपम प्राकृतिक सौन्दर्यतालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको बताईएको छ ।

आफ्नै गाँउठाँउमा खिचिएको र डोल्पालीको दुख,पिडालाई कथात्मक ढङ्गले चलचित्रमा उतारिएकाले डोल्पालीहरु चलचित्र प्रदर्शनको बेग्र प्रतिक्षामा छन् । देशकै सुन्दर पर्यटकिय गन्तब्य भित्रपर्ने डोल्पालाई चलचित्र म्हेन्दुले देश बिदेशमा चिनाउने डोल्पालीको अपेक्षा छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group