ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदीद्वारा गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गर्ने


admin
१४ कार्तिक २०७५, बुधबार   १ : १७   बजे

भारत, १४ कात्तिक । भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ ।

उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अनावरण गर्न लाग्नुभएको हो । सो अनावरण कार्यक्रममा भारतीय प्रहरीले व्यापक सुरक्षा प्रदान गरेको समाचारमा जनाइएको छ ।

सो स्मारक भारतीय स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको हो । उनको स्मारक करिब चार वर्ष लगाएर बनाइएको छ । यसै महिना निर्माण सम्पन्न भएपछि त्यसको अनावरण प्रधानमन्त्री मोदीले बुधबार गर्र्ने कार्यक्रम रहेको भनी व्यापक प्रचार गरिएको थियो ।

सोही बमोजिम अनावरणको तयारी गरिएपछि स्थानीयहरुले त्यसको विरोध गरेका छन् । उनीहरुले उक्त सालिक निर्माणप्रति असन्तुष्टि जनाउँदै अनावरणको दिन विरोध प्रदर्शन गर्ने जनाएका थिए ।

सरकारले प्रधानमन्त्री उपस्थित हुने यस कार्यक्रममा कुनै असुरक्षा नहोस् भनेर ठूलो संख्यामा प्रहरी खटाएको छ । सादा पोशाकमा खटाइएका प्रहरीले सङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएका समाचारहरु पनि आइरहेका छन् ।

गुजरातका प्रहरी अधिकारीले उक्त स्मारक रहेको क्षेत्रको वरिपरि करिब १० किलोमीटर क्षेत्रसम्म कम्तीमा पनि पाँच हजार प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।

उक्त स्मारकलाई विश्वकै सबैभन्दा अग्लो भनी प्रचार गरिएको छ । त्यसको उचाई १८२ मीटर (६००) फिट रहेको बताइएको छ । उक्त स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपैयाँ खर्च लागेको बताइएको छ ।

स्मारक उद्घाटनका लागि बुधबार गुजरातमा विशेष कार्यक्रमको आयोजना गरिएको बताइएको छ । त्यस स्मारक निर्माण भएको क्षेत्र वरिपरिको आकासमा बुधबार बिहानदेखि नै हेलिकोप्टरले हवाई सुरक्षा गस्ती दिइरहेको छ ।

त्यसैगरी प्रधानमन्त्री मोदीले उक्त स्मारकको अनावरण गर्ने क्रममा हेलिकोप्टरले आकासबाट पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

‘स्ट्याचु अफ युनिटी’ एकताको स्मारक नाम दिइएको सो स्मारक निर्माण गर्न स्थानीय नागरिकको धेरै जग्गा सरकारले लिएको आरोप स्थानीयको रहेको छ । उनीहरुले सरकारसँग त्यस जग्गाको क्षतिपूर्ती माग गरेका छन् ।

सरकारले क्षतिपूर्ती नदिएकोले नै गुजरातका स्थानीय वासिन्दाले सो स्मारकको अनावरण कार्यक्रमको विरोध गरेका जनाइएको छ । उनीहरुले विगत लामो समयदेखि आफ्नो जग्गाको क्षतिपूर्ती मागेको बताएका छन् ।

तर स्थानीयको जग्गा अनुसारको क्षतिपूर्ती सरकारले नदिएकोले आफूहरुले विरोध गरेको उनीहरुको भनाई छ । स्थानीय नागरिकहरुले विभिन्न सङ्घर्ष समिति नै बनाएर प्रधानमन्त्री मोदीलाई उक्त स्मारकको अनावरणमा नआउन भनेका छन् । यदि उहाँ सो उद्घाटनमा आएमा कडा विरोध गर्ने पनि उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा संसदीय समिति तातियो, प्रमाण माग्न सरकारलाई निर्देशन

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu