ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपाली सिनेमा भिलेज टु ग्लोबल’ नाराका साथ अमेरिकामा तेस्रो ग्लोबल नेपाली फिल्म ,म्युजिक ,मिडिया र सोसिएल अवार्ड हुने


एबीसी न्यूज
१५ कार्तिक २०७५, बिहिबार   ८ : ५२   बजे

काठमाडौं,१५ कार्तिक । यस बर्ष अमेरिकामा नेपाली चलचित्र उधोगको वजारलाई विश्वभर पहिचान गराउदै सम्पूर्ण चलचित्रकर्मिहरुको प्रोत्साहन र सम्मानका लागि बिगत दुई बर्ष देखि आयोजना हुदै आइरहेको ” ग्लोबल नेपाली फिल्म अवार्ड ”  हुने भएको छ ।

बिगतका दुई संस्करणहरु  भब्य रुपमा सम्पन्न भैसकेको अवार्डको तेस्रो संस्करण नर्थ क्यारोलिना राज्यको सुन्दर रानी शहर सार्लोटमा हुने भएको हाे ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै सिनेमाको बजार प्रवद्र्धन, पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको अायाेजकले बताएकाे छ  ।

नेपाली फिल्म सोसाइटी अमेरिका स्थित ग्लोबल नेपाली फिल्म अवार्ड यल यल सी ( GNFA LLC )  र लभ एंड सपोर्ट फाउन्डेसन् अमेरिकाको संयुक्त आयोजनामा आगामी डिसेम्बर २२ तारिख  हुने बताइएकाे छ ।  विभिन्न विधाका फिल्म अवार्डका अलावा यस बर्ष नेपाली संगीत , संचार र सामाजिक क्षेत्रमा बिशेष योगदान दिनु भएका श्रस्टा र सर्जक एबं अभियन्ताहरुलाई  सम्मान र अवार्ड प्रदान गरिने अायाेजकले जानकारी दिएकाे छ ।  नेपाल ,अमेरिका ,भुटान लगाएत संसारभरका नेपाली चलचित्रकर्मी , संगीतकर्मी , संचारकर्मी र सामाजिक अभियन्ताहरु यसपटकको अवार्ड वितरण समारोहमा सम्मानित हुने हुँदा यसपटक काे कार्यक्रम फरक  हुने अायाेजकाे दावी  छ।

सो अवार्ड समारोह आयोजनाका लागि गाएक एबं लभ एंड सपोर्ट फाउन्डेसन् अमेरिकाका अध्यक्ष मनोज राई तथा अन्तरास्ट्रिय नेपाली पत्रकार संघका महासचिव एबं लभ एंड सपोर्ट फाउन्डेसन् अमेरिकाका कार्यक्रम निर्देशक शिव विष्टको संयोजकत्वमा १७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी नेपाली फिल्म सोसाइटीको तर्फबाट नेपालमा मधु कुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

यसअघि दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोबल’ नारा अघि सारेको छ ।

अवार्डका लागि चाँडै नै छनोट समिति गठन हुने र त्यसपछि पत्रकार भेटघाट गरिने नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, लभ एन्ड सर्पोट फाउन्डेशनका अध्यक्ष मनोज राईद्वारा जारी गरिइएको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी यसपटकको अवार्ड समारोहमा नेपाली चलचित्र र संगीतलाई अति माया गर्ने नेपालीभाषी भुटानी चलचित्रकर्मी ,संगीतकर्मी र कलाकर्मीहरुलाई समेत अवार्ड र सम्मान प्रदान गर्न लागिएकोले भुटनीज समुदाय समेत उत्साही रहेको कुरा मनोज राईले जानकारी दिए।

साथै प्रवाशमा रहेर पनि नेपाली कला ,संगीत ,संचार र सामाजिक क्षेत्रमा योगदान दिएका श्रस्टाहरुलाई अवार्ड र सम्मान प्रदान गर्दा थप प्रोत्साहित हुने कुरामा आयोजकहरु विश्वस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

गण्डकी प्रदेशस्तरीय दोस्रो तीज नृत्य प्रतियोगिता भदौ २१ मा, २० टोली सहभागी हुने

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu