ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटनाग्रस्त लायन एयर विमानको “ब्लाक बक्स” भेटियो


admin
१५ कार्तिक २०७५, बिहिबार   २ : ३४   बजे

एजेन्सी, १५ कात्तिक । इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्लाक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन् । नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त ब्लाक बक्सले मद्दत गर्ने अधिकारीहरुले विश्वास लिएका छन् ।

समितिका प्रमुख सोरजान्तो जाहजोनोले खोज तथा उद्धार टोलीले फेला पारेको ब्लाक बक्स एफडीआर (फ्लाइट डाटा रेकर्डर) हो वा सीभीआर (ककपिट भ्वाइस रेकर्डर) के हो भन्ने अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यो उपकरणमा विमानको गति, उचाइ र दिशाका साथै चालक दलका सदस्यहरुको कुराकानी जस्ता महत्वपूर्ण जानकारीहरु सङ्ग्रहित हुन्छन् ।

केही महिना अघिदेखि मात्र प्रयोगमा ल्याइएको नयाँ बोइङ–७३७ म्याक्स ८ विमान गत सोमबार इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रको जाभा समुद्रमा खसेको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै एकसय ८९ जनाको मृत्यु भएको थियो ।

इन्डोनेसियाका खोज तथा उद्धार टोलीले विमानको मुख्य भाग र त्यहाँ सवार व्यक्तिहरुको खोजी गरिरहेका छन् । उनीहरुले केही व्यक्तिका टुक्राटुक्रा भएका शरीरका विभिन्न भाग सङ्कलन गरेका र परीक्षण पश्चात सम्बन्धित परिवारजनलाई जिम्मा लगाइने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा संसदीय समिति तातियो, प्रमाण माग्न सरकारलाई निर्देशन

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu