ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राैतहटमा अनुमति बिना नै खाेलाबाट जथाभावी तरिकाले ढुंगा निकाल्ने काम तिब्र


एबीसी न्यूज
१६ कार्तिक २०७५, शुक्रबार   ११ : ४२   बजे

रौतहट, १६ कार्तिक।  रौतहट जिल्लाको लाल बकैया खोलाबाट अनुमति बिना नै स्काभेटर प्रयोग गरि जथाभावी तरिकाले ढुंगा निकाल्ने काम तिब्र रुपमा भइरहेको छ । जिल्ला समन्वय समिति रौतहटको अनुमति बिना नै गुजरा नगरपालिकाले नियम विपरित रमन सगरमाथा जे.भी. कन्सट्रक्सनलाई स्काभेटर प्रयोग गरेर ढुंगा निकाल्न अनुमति दिइएको हो ।

गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले जिल्ला समन्वय समितिबाट मौखिक रुपमा आदेश आएकोले नगरपालिकाबाट स्काभेटर प्रयोग गर्न अनुमति दिएको भन्दै आफु जोगिन खोजेका थिए । यता जिल्ला समन्वय समितिबाट कुनै अनुमति नदिएको इन्जिनियर दिपेन्द्र प्रसाद यादवले बताए ।

यादवका अनुसार निर्माण कम्पनीले अनुमतिका लागि आवश्यक कागजात पेश गरेको भएता पनि गुजरा नगरपालिकाको कार्यपालिकाको निर्णय नआएकोले समन्वय समितिबाट अनुमति नदिएको बताए । त्यसै गरी अनुमति बिना नै ढुंगा निकालेको भनेर स्थानियले रौतहटका प्रमुख जिल्ला अधिकरी गोविन्द प्रसाद रिजाल तथा रौतहट प्रहरी प्रमुख केदार ढकाललाई जानकारी गराउदा समेत उनीहरुले बेवास्ता गरेको स्थानीय बासिन्दा इश्वर प्रधानले बताए ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, प्रहरी प्रमुख केदार ढकाल र नगरपालिकाका प्रमुख सन्तलाल चौधरी ठेक्केदार कम्पनीसँग मोटो रकम लिएका कारण जिल्ला समन्वय समिति रौतहटको अनुमति तथा अनुगमन बिना नै नियम बिपरित स्काभेटर प्रयोग गरेर ढुंगा निकाल्दा पनि कार्वाही नगरेको एक जना शिक्षकले नाम गोप्य राख्ने शर्तमा बताए ।

बकैया खोलामा अनुमति बिना नै जथाभावी स्काभेटरको प्रयोग गरि ढुंगा निकाल्दै आएका कारण वर्षायाममा आउने बाढीले आफ्नो बहाव बदल्दै गाउँ नै बगाउने खतरा रहेको भए पनि नगरपालिका तथा सम्बन्धित निकायले बेवास्ता गर्ने गरेको स्थानिय बासिन्दा बिन्देश्वर पासवानले बताए ।

पासवानका अनुसार आफ्नो भएको सम्पूर्ण खेत खोलाले कटान गरेको र नदी नियन्त्रण तथा तटबन्धको लागि प्रमुख जिल्ला अधिकारीको कार्यालय र नगर प्रमुख सन्तलाल चौधरी तथा सम्बन्धित सम्पूर्ण निकाय धाउदा पनि कतैबाट राहत तथा आफ्नो कुराको सुनुवाई नभएको तर फेरी त्यही खोला माथी सबैको नजर गएको उनले बताए । लाल बकैया खोलामा वर्षेनी आउने बढीले धेरैलाई सुकुम्बासी बनाएको भएपनि अनुमति बिना नै स्काभेटर प्रयोग गरेर ढुंगा निकाल्दा समेत स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सम्बन्धित निकाय मौन बसेकाले सबैको मिलेमत्तो रहेको स्थानीयले अाराेप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

बाढीको क्षतिबीच विद्युत् आपूर्ति नियमित, प्रणाली सन्तुलनमा राख्न सफल भयौँ : ऊर्जामन्त्री श्रेष्ठ

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu