ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिरामी वृद्धवृद्धाको सहयोगार्थ चित्रकला प्रदर्शन


admin
२८ भदौ २०७४, बुधबार   २ : ४५   बजे

काठमाडौँ, २८ भदौ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएका वृद्धवृद्धाको सहयोगार्थ एकल चित्रकला प्रदर्शन गरिएको छ ।

अस्पतालमा भर्ना भएका ७५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले सोही अस्पतालकी नर्स एवं कलाकार रचना मास्केले कोर्नुभएको चित्रकला आजदेखि प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दे नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ज्येष्ठ नागरिक देशका गहना भएकाले उहाँहरुको सहयोगका लागि लोककीर्ति ज्येष्ठ नागरिक कोषले मास्केको चित्रकला प्रदर्शनमा राखेर पवित्र काम गरेको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री सिंहले बिरामी भएर उपचारको समस्यामा परेको ज्येष्ठ नागरिकका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नेता सिंहले समाजलाई परिवर्तन ल्याउनका लागि राजनीतिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै राजनीतिलाई सकारात्मक दृष्टिकोणले हेर्न आग्रह गर्नुभयो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा जगदिशप्रसाद अग्रवालले वृद्धवृद्धाको उपचारका लागि चित्रकला बेचेर सहयोग गर्न लागेको भन्दै उक्त कामको उच्च प्रशंशा गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकको उपचारका लागि अस्पतालले छुट्टै वार्ड बनाउने कुरामा सम्बन्धित पक्षसँग छलफल गरिरहेको स्पष्ट पार्नुभयो ।
लोककीर्ति ज्येष्ठ नागरिक कोषका अध्यक्ष ओम मास्केले ज्येष्ठ नागरिकको उपचारका लागि राज्यले बेवास्था गरेको आरोप लगाउनुभयो ।

आगामी भदौ ३० गतेसम्म चल्ने प्रदर्शनीमा मास्केले कोर्नुभएका ३२ चित्र प्रदर्शनमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu