ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औद्योगिक उत्पादन वृद्धि गर्नुका साथै वैदेशिक लगानी भित्र्याउन अवश्यक छ – अर्थमन्त्री डा. खतिवडा


एबीसी न्यूज
१७ कार्तिक २०७५, शनिबार   ७ : १७   बजे

विराटनगर, १७ कात्तिक । अर्थमन्त्री डा युवराज खतिवडाले दुई अङ्कको आर्थिक विकासका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्ने बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घको ६३औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई साकार पार्न निजी क्षेत्रले औद्योगिक उत्पादन वृद्धि गर्नुका साथै वैदेशिक लगानी भित्र्याउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले राजश्व उठाउने विषयमा मात्रै सरकार केन्द्रीत नरहेको बताउँदै पूर्वाधार विकास गरी स्वदेशी उद्योग फष्टाउने उद्देश्यले कार्य गरिरहेका जानकारी दिनुभयो । अर्थमन्त्रीले सङ्घीयता कार्यान्वयनको पहिलो बजेट कार्यान्वयनको चरणमा रहेको बताउँदै आगामी दिन नेपाली जनताले सकारात्मक प्रभावको अनुभूति महशूस गर्ने दाबी गर्नुभयो ।

उहाँले स्वदेशी कपडा उद्योग प्रवद्र्धनका लागि सरकारले कार्य गरिरहेको बताउँदै गार्मेन्ट, कपडा उद्योग र कपास खेतीलाई प्रोत्साहन दिने आश्वासन दिनुभयो । अर्थमन्त्री खतिवडाले विकास निर्माणको रुपमा आगामी वर्ष सरकारले नयाँ र ठूला योजनाहरु शुरु गर्ने गरी वित्तिय व्यवस्थापनको काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले कानून अभावमा विदेशी सामग्रीको परिमाणात्मक बन्देज लगाउन नसकिने भए पनि भन्सार दर बढाएर अकुंश लगाउन सकिने विचार व्यक्त गर्नुभयो ।
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले तीनै तहका सरकारको चाहना मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निजी क्षेत्रले औद्योगिक उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुपर्ने र उत्पादनमुखी अर्थतन्त्रबाट नै राष्ट्र बलियो बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group