ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता


admin
१७ कार्तिक २०७५, शनिबार   २ : ५९   बजे

बेइजिङ, १७ कात्तिक । चीन भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार चीनका समकक्षीसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँहरु बीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मानिने चीनले पाकिस्तानलाई गर्ने लगानी र सहयोगमा केन्द्रीत रहेर छलफल भएको अधिकारीले बताएका छन् ।

चीन भ्रमणमा जानुअघि पाकिस्तानी प्रधानमन्त्री खानले साउदी अरबको भ्रमण गरेर ठूलो आर्थिक सहयोगको सम्झौता गर्नुभएको थियो ।

पाकिस्तानका लागि चीन पनि पहिलेदेखि नै मुख्य सहयोगी राष्ट्र हो । पाकिस्तानमा चीनको ठूलो लगानी छ ।

दुई देशले चीन–पाकिस्तान आर्थिक करिडोर बनाउँदै छन् भने ‘बेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई)’लगायतका ठूला परियोजनामा पनि चीन र पाकिस्तानले सहकार्य गरेका छन् ।

बेइजिङ्मा भएको दुई शिर्ष नेताको भेटवार्ताका क्रममा दुई देशबीच उर्जा र यातायात सेवा विस्तार गर्ने बारेमा छलफल भएको थियो । भेटवार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ प्रधानमन्त्री लि खस्याङलाई पाकिस्तान भ्रमणको निमन्त्रणासमेत दिनुभएको छ ।

“चीनको लगानी आकर्षित गरेर नै हामीले देशको विकास गर्न सक्दछौँ, त्यो हाम्रो लागि राम्रो अवसर हुनेछ,” इमरानले भन्नुभयो । उहाँले थप्नुभयो, “चीनको सहयोगले मात्रै हामी संमृद्धितर्फ जान सक्दछौँ भने हाम्रो जीवनस्तर र वृद्धिदर पनि बढाउन सक्दछौँ ।”

सो अवसरमा चिनियाँ प्रधानमन्त्री लिले पनि दुई देशको सम्वन्ध सकारात्मक रहेको बताउँदै सदाबहार साझेदार भएको टिप्पणी गर्नुभयो । उहाँले पाकिस्तान सधै चीनको प्राथमिकतामा रहेको पनि स्मरण गर्नुभयो ।

प्रधानमन्त्री खानले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई भने गत शनिबार नै भेट्नु भएको छ । मुलुकको आर्थिक अवस्था नाजिक भएका बेला देशको नेतृत्व सम्हाल्नु भएका पूर्वविश्व क्रिकेट खेलाडी खानले चिनियाँ राष्ट्रपति सिसँग पनि आर्थिक सहयोगकै बारेमा कुराकानी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

सम्बन्धित

दक्षिण कोरियाली विदेशमन्त्री चो आज नेपाल आउँदै

हर्मुज स्ट्रेटमा सेना पठाउने विषयमा दक्षिण कोरियाको प्रतिक्रिया– ‘अहिलेसम्म कुनै निर्णय भएको छैन’

मेलोनीले बनाइन् दोस्रो विश्वयुद्धपछिको इटालीमा सबैभन्दा लामो सरकारको रेकर्ड

ईयू पनि अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’मा, इरानमाथि आर्थिक दबाब थपिँदै

इन्डोनेसियामा डढेलोको धुवाँले १४ लाख विद्यार्थी घरमै पढ्न बाध्य

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu