ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी विदेशमन्त्री र उत्तर कोरियाली उच्च सैनिक अधिकारीबीच भेटवार्ता हुदै


admin
२० कार्तिक २०७५, मंगलबार   २ : ५६   बजे

वासिङटन, २० कात्तिक ।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनका एकजना उच्चस्तरीय सैनिक अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उहाँले आगामी बिहीबार ती अधिकारीसँग भेटवार्ता गर्न लाग्नुभएको हो ।

गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि विकसित यी दुई देशबीचको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

उक्त सम्मेलनपछि यी दुई देशबीचको सम्बन्धमा सुधार आएको भए पनि पछिल्लो समयमा भने निशस्त्रीकरणका विषयमा विभिन्न कुराहरु आइरहेका छन् ।
अमेरिकी विदेशमन्त्री पोम्पेओसँग भेटवार्ता हुन लागेका उत्तर कोरियाली सैनिक अधिकारी कर्णेल किम योङ चोल हुन् । उनी उत्तर कोरियाली नेता उनका विश्वासपात्र मानिन्छन् ।

कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणका लागि काम गर्ने सहमति अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच गन जुन १२ मा सिंगापुरमा सहमति भएको थियो । सो सहमतिपछि उत्तर कोरियाले परमाणु अस्त्रको उत्पादन नगरेको बताएको छ ।

तर पनि केही अमेरिकी अनुसन्धानहरुले भने उत्तर कोरियाली लुकिछिपी यहाँ परमाणु अस्त्र उत्पादन गर्ने गरेको बताएका छन् । सो कुरा उत्तर कोरियाले स्वीकार गरेको छैन ।
केही समयमात्र अघि उत्तर कोरियाको विदेश मन्त्रालयले नै यदि अमेरिकाले आफूमाथि लगाएका विविध नाकाबन्दीहरु नहटाउने हो भने आफूहरु परमाणु अस्त्र उत्पादन गर्न बाध्य हुने बताएको थियो ।

यस विषयमा अमेरिकाले कुनै जवाफ दिएको छैन । कोरियाली प्रायद्वीपमा शान्तिको आशा अझै नमरेको अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ । उहाँले हालैमात्र पनि आफू उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक नै रहेको बताउनुभएको थियो ।

बिहीबार हुन लागेको उत्तर कोरियाली सैन्य अधिकारी चोल र अमेरिकी विदेशमन्त्री पोम्पेओबीचको वार्तामा यस विषयमा कुराकानी हुने बताइएको छ ।
उक्त भेटवार्ता हुन लागेको विषयको पुष्टिगर्दै अमेरिकी विदेशमन्त्री पोम्पेओले यस भेटका क्रममा दुई देशबीचमा विगतमा भएका सहमतिहरुबारे उल्लेख्य प्रगति हुने धारणा राख्नुभएको छ ।

उहाँले गएको जुन महिनामा भएको सो उच्चस्तरीय भेटवार्तापछि भएका प्रगतिहरुको समीक्षाका लागि आगामी केही समयमा त्यस्तो अर्काे उच्चस्तरीय भेटका लागि बिहीबार हुन लागेको भेटका क्रममा वातावरण निर्माण हुने अपेक्षा गरिएको जानकारी पनि उहाँले दिनुभएको छ ।

उता एकदिन मात्र अघि पनि संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा संयुक्त सैन्य अभ्यास शुरु भएकोे अर्काे एक समाचार आएको थियो । जुन महिनाको सो उच्चस्तरीय भेटावार्तापछि रोकिएको सो सैन्य अभ्यास रोकिएको थियो ।

दक्षिण कोरियाली अधिकारीहरुले दिएको जानकारीअनुसार सो सैन्य अभ्यास सोमबारबाटै शुरु भएको हो । दुई हप्तासम्म चल्ने र दक्षिण कोरियाको दक्षिणी शहर पोहाङमा जारी रहेको सो सैन्य अभ्यास सानो आकारको रहेको र त्यसमा ५०० सैनिक मात्र सहभागी हुनेछन् ।

उत्तर कोरियाले आपत्ति जनाएपछि पहिले सो सैनिक अभ्यास रोकिएको थियो । तर यस पटकको यस अभ्यासपछि भने उत्तर कोरियाको कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group