ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक समृद्धि सरकारको प्राथमिकतामा– मन्त्री अधिकारी


एबीसी न्यूज
२१ कार्तिक २०७५, बुधबार   ३ : २१   बजे

पोखरा, २१ कात्तिक ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा महानगरपालिका–११ द्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले संस्कृतिले समृद्धि र भावनात्मक एकतालाई बलियो बनाउने बताउनुभयो ।

मुलुकको सबै क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको कारण आर्थिक वर्षको तीन महीनामा ३४ प्रतिशतले पर्यटनमा वृद्धि भएको जानकारी दिँदै मन्त्री अधिकारीले मन्त्रालयले पर्यटन पूर्वाधारमा जोड दिँदै आएको उल्लेख गर्नुभयो ।
नेकपा स्थायी समिति सदस्य सोमनाथ अधिकारी (प्यासी) ले तिहारपछि लगत्तै पार्टी व्यवस्थित गरेर सरकारलाई प्रभावकारी बनाउने बताउनुभयो । नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले निर्वाचनमा पार्टीले जनतासमक्ष गरेको प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले विकास निर्माणका कार्यमा जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेकपा पोखरा–११ संयन्त्र सदस्य नारायणप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कराँते राष्ट्रिय खेलाडी विष्णु नेपालीलगायतले मौलिक संस्कृति र विभिन्न पर्वले समाजलाई एकताबद्ध बनाउँदै आएको बताउनुभयो । (तस्वीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu