ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा ७६ वर्षे वृद्धसहित २१ जना जुवाडे पक्राउ


एबीसी न्यूज
२२ कार्तिक २०७५, बिहिबार   ११ : ३२   बजे

बुटवल, २२ कात्तिक ।  बुटवल प्रहरीले जुवाखालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ । जुवाकाे खालबाट पाँच लाख दुई हजार रुपैयाँ समेत बरामद भएको छ ।

रुपन्देहीको तिलोत्तमा ९ तीननम्बरमा पासा खेलिरहेका १० जनाबाट ४ लाख २६ हजार २ सय, रुपन्देहीकै देवदह ३ सूर्यपुराबाट ५ जनासहित ७२ हजार ७३० र देवदहकै भवानीपुरबाट ३ हजार ८२५ रुपैयाँसहित ६ जना पक्राउ परेका छन् ।

गएराति १२ बजे तिलोत्तमा ९ का ४८ वर्षीय केशब न्यौपानेको घरमा पासा खेलिरहेको अबस्थामा प्रहरीले छापा मारेर सोहि स्थानका ४२ वर्षीय अमृत बस्याल, ३५ वर्षीय तिलक भुसाल, ४० वर्षीय चक्र पाठक, ४५ वर्षीय कमल पाठक, ४१ वर्षीय हरि पौडेल, १८ वर्षीय नितेष न्यौपाने, ५५ वर्षीय तुल्सीराम कडेल, ३८ वर्षीय मुकेश पाण्डे र ७६ वर्षीय शिबलाल कँडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी खैरेनीले रुपन्देही देवदह ३ का लोकराज भारतीको घरमा जुवा खेलिरहेका ५ जना र देवदहकै भवानीपुरबाट ६ जनालाई पक्रेको छ ।

पक्राउ परेका ब्यक्तिहरु इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बुटवलमा राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group