ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिएसपीको फुली थुत्ने सर्वेन्द्रले अपराधीलाई कदापी छुट दिने छैनन्


abc

जेलबाटै समिरमानले बनाएका थिए तिहारमा चर्चित पत्रकार र चिकित्सकको हत्या योजना,घटना हुनु अगाडि नेपाल प्रहरीले सफल अपरेसन गरेको छ।

अनुसन्धानमा नेपाल प्रहरी दक्षिण एसियामा सर्वोत्कृष्ट छ। मूल्यांकन हल्लामा होइन, तथ्यमा र एउटा घटनालाई हेरेर होइन, समग्रतामा हुनुपर्छ। प्रहरीजस्तो दोषी कर्मचारीलाई ठाउँका ठाउँ कारबाही गर्ने अर्को कुनै संस्था छैन।

नेपालगन्जका व्यवसायी हेमकर परिवार हत्याकाण्डमा सफल अनुसन्धान भयो। २०६२ मा भएको हत्याको २०७५ मा सफल अनुसन्धान भयो। असोज १० मा पोखराकी १० वर्षीया श्रेया विकलाई जबर्जस्ती करणी र हत्या गर्ने अभियुक्तलाई २४ घन्टाभित्रै समातियो।

असोज ९ गते रौतहटकी सम्झना दासमाथि एसिड प्रहार गरी मार्ने अभियुक्तलाई चार दिनभित्रै समातियो। झापामा असोज १९ गते चार वर्षीया बालिका बलात्कार गर्ने अभियुक्त सोही दिन समातियो। मानव बेचबिखन मुद्दाका फरार दम्पत्ति मीना लामा र श्यामकुमार लामा इन्टरपोल कुवेतको समन्वयमा पक्राउ परे। जबर्जस्ती करणी गरी विदेश फरार भएका सिन्धुली मरिण गाउँपालिकाका ३१ वर्षीय सिंहलाल थिङलाई इन्टरपोलको सहयोगमा यूएईमा पक्राउ गरियो। के यी सफलतामा प्रहरीले धन्यवाद पायो रु

यसले हाम्रो प्रवृत्ति देखाउँछ। तथापि, प्रहरी विचलित हुनु हुँदैन।असोज ५ गते सुनसरी, भुताहामा गोली हानेर भाग्दै गरेको अभियुक्तलाई पक्राउ गर्न खटिएका प्रहरी जवान शिवप्रसाद पौडेल अपराधीकै गोली लागेर गम्भीर घाइते भए। तत्काल अभियुक्तलाई गोली प्रहार गर्दा कुनै कमजोरी भए कारबाही नहुने विश्वास दिलाउन सकेको भए प्रहरीले पहिले गोली प्रहार गर्थे।अपराधी ठाउँको–ठाउँ ढल्ने थियो।

प्रहरीमाथि खेलबाड गर्ने तत्वहरू पनि हुन्छन् । तस्करहरूले गर्छन्, कालोबजारी गर्नेहरूले गर्छन् । संगठित अपराध गर्नेहरूले गर्छन्, यिनीहरू प्रहरीलाई कमजोर र आफ्नो नेक्सस बलियो बनाउन खोज्छन् । राजनीतिसँग जोडिएर समेत प्रहरीलाई कमजोर बनाउने प्रयास हुन्छ।

त्यसमाथि अहिले संविधान कार्यान्वयन गर्ने अवस्थामा उनीहरू गैरसंवैधानिक क्रियाकलाप गरेर प्रहरीलाई कमजोर बनाउन खोज्छन्।कुनै एक प्रहरीले गरेको कमजोरीमा समग्र संगठनमाथि नै औंला उठाउनु जायज हुँदैन । कतिपय घटनामा कहिले सांसद संलग्न भएका छन्, कहिले शिक्षक, कहिले पत्रकार संलग्न भएका छन्, कहिले को भएका छन् । एक जना संलग्न भएको आधारमा समग्र वर्ग,पेसा वा क्षेत्रलाई लाञ्छित गर्नु ठीक होइन।

त्यसमाथि प्रहरी संगठन अझ संवेदनशील संगठन हो, यो तमाम नागरिक एवं समग्र राष्ट्रको संगठन हो। त्यसकारण यो संगठनभित्र केही कमजोरी छन् भने त्यसलाई सुधार्नुपर्छ, बदमासहरू छन् भने कारबाही गर्नुपर्छ, तर समग्र संगठन नै यस्तो–उस्तो भन्नु जायज होइन।

छिटपुट घटना संसारभर घट्छन तर देशमा गुन्डागर्दी नियन्त्रण र नागरिक सुरक्षमा देखाएका तत्परता उदाहरणीय छन्।त्यसैले प्रहरीलाई आफ्नो ठानौं किनभने प्रहरी नेपाल र नेपालीको गौरव हो।

प्रहरीको समग्र योगदान र उपलब्धिलाई एउटा मुद्दामा मात्र जोड्न उचित हुँदैन।अनुसन्धान र कारबाही भीडले गर्ने होइन। कानुनबमोजिम हुने हो।नेपालमा शुसासनसँगै नागरीकको शान्ति सुरक्षा प्रहरीको प्रमुख जिम्मेवारी हो।

यतिखेर देशमा अमनचयनको सवालमा महत्वपूर्ण भुमिका निवार्ह गर्न सफल आईजिपी सर्वेन्द्र खनाल आउँदो दिनहरुमा पनि आम नागरिकको सुरक्षाका निम्ति तल्लिन भएर लागुन हाम्रो शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रविलाई न्यायिक हिरासत लगियो

प्रधानमन्त्री ओली र सभापति देउवा राप्रपा नेपालको चियापनमा सहभागी

सम्बन्धित

नेक्ससको जीवनप्रतिको भविष्यवाणीः एआई एल्गोरिद्मले कसरी हामीलाई अपहरण गर्दैछ ?

टेक्नोलोजी वाशिंगटनमा आइरहँदा संस्कृतिहरूको टकरावको खतरा : इकोनोमिष्ट

२०२४ साँच्चिकै ’इतिहासको समाप्तिको अन्त्य’को अन्त्य थियो

छ वटा पुस्तक जसलाई तपाईँले ‘प्रोपोगण्डा’का रूपमा चिन्नुभएको थिएन !

ट्रम्पको ‘टीभी सरकार’ अर्थात ‘गोरिल्ला च्यानल’ प्रशासनको प्रतिक्षा

ल्याटिन अमेरिकीहरू अधिनायकवादप्रति चिन्ताजनक रूपमा ढुक्क !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: sskandel@abctvlive.com
    News: sskandel@gmail.com
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    sskandel@abctvlive.com
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com