क्वालालमपुर, ३० कात्तिक । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ ।
उहाँलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना गरेको अभियोग लगाइएको हो । नाजिबकी श्रीमती रोसमा मनसुरलाई यसअघि पनि अरू विभिन्न अभियोग लगाइएको छ ।
त्यस बाहेक अन्य तत्कालीन अधिकारीहरूलाई पनि विभिन्न अभियोग लगाइएको छ । कतिपयलाई दण्ड सजायको फैसला भइसकेको छ भने कतिपयको अनुसन्धान भइरहेको छ । पूर्वप्रधानमन्त्री नाजिबलाई मात्रै ३८ वटा मुद्दा लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्