ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता


admin
३० कार्तिक २०७५, शुक्रबार   ४ : २२   बजे

एजेन्सी,३० कात्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।

खोजी कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । बिहीबार प्राप्त पछिल्लो सूचनामा उद्धारकर्मीहरुले करिब ६३१ जना बेपत्ता भएको स्पष्ट गरेका छन् । साथै उनीहरुले थप सात जनाको शव आगलागी भएको जङ्गलबाट निकालेको जनाएका छन् ।

यसअघि उक्त डढेकोमा परी करिब ३०० जना बेपत्ता भएका बताइएको थियो ।

यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुत गतिमा फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउन ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

गत नोभेम्बर ८ मा शुरु भएको सो डढेलोमा परी बिहीबारसम्म मृत्यु हुनेहरुको संख्या ६३ पुगेको छ । डढेकोबाट जङ्गल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनर्निर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझै कैयौँ व्यक्ति बेपत्ता रहेको हुन सक्ने जनाएका छन् । बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्य जारी रहेको र आगो निभाउने कामका लागि हजारौं अग्नि नियन्त्रक परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

क्यालिफोर्नियाको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जङ्गलको आसपास बसोबास गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

पछिल्लो समयमा गत नोभेम्बर ८ मा अकस्मात बढेको आगोका कारण धेरै मानिस हताहत भएका हुन् ।

राष्ट्रपति ट्रम्पले प्रभावित क्षेत्रको भ्रमण गर्ने 

यसैबीच प्राप्त एक समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त डढेलो लागेको पश्चिमी क्षेत्रको भ्रमण गरी आगलागी पीडितहरुलाई भेट्नुहुने भएको छ ।

उहाँले उक्त क्षेत्रको भ्रमण गरी आगलागीमा परी ज्यान गुमाएकाहरुका परिवारलाई भेट गर्नुहुने भएको सो समाचारमा जनाइएको छ ।

अमेरिकी अधिकारीहरुले राष्ट्रपति ट्रम्पले भोलि शनिबार ती परिवारका सदस्यहरुलाई भेट्नुहुने भएको हो । उक्त राज्यको इतिहासमा नै यो डढेलो सबैभन्दा विध्वंसात्मक रहेको बताइएको छ ।

पछिल्लो पटक द्रूत गतिमा बढेको आगो सिएरा नोभादा पहाडमा फैलिएको थियो । आगोको गति अनुसार बृद्धबृद्धा दौडिन नसकेका र उनीहरुका सवारी साधनलाई नै आगोले भेटाउँदा उनीहरुको ज्यान गएको थियो ।

यो सियरा पहाडमा बढेको डढेलोका कारण मृत्यु हुने व्यक्तिहरुमा बढी बृद्धबृद्धाहरु रहेका छन् ।

आगोमा डढेर मृत्यु भएका व्यक्तिको पहिचान गर्न गाह्रो भएको बताइन्छ । शरीर जलेका कारण व्यक्तिको पहिचान गर्न नसकेपछि गाउँका हराएका व्यक्तिका आफन्तको डिएनए परीक्षण गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group