ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं – प्रमुख निर्वाचन आयुक्त


एबीसी न्यूज
३० कार्तिक २०७५, शुक्रबार   ५ : ३२   बजे


काठमाडौं,३० कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले चार वर्षपछि हुने आवाधिक निर्वाचनको मिति अहिले नै घोषणा गरेर चुनावको तयारी थाल्नु पर्ने बताएका छन् । १ सय २० दिनको समय राखेर चुनावको मिति घोषणा गर्दा चुनावको तयारी गर्न नभ्याइने र विगतमा हतारो भएको उनको गुनासो छ ।

गतवर्ष भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको जियोक, नियोक र संकल्प नामक संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको मिति अहिलेनै घोषणा गरेर जानु उपयुक्त हुने बताएका हुन् । निर्वाचन सम्पन्न भएको मितिदेखि नै अर्को निर्वाचनको तयारी शुरु गर्नुपर्ने यादवको भनाइ छ ।

निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिइनुपर्ने उनले जिकीर गरे । सरकार ले नै निर्वाचनको मिति घोषणा नगरे संघीय संसदले कानून बनाएर प्रतिनिधि सभा, राष्टिय सभा र स्थानीयतहको चुनावको मिति घोषणा गर्नु उपयुक्त हुने यादवको भनाइ थियो ।

निर्वाचन कानून संशोधनका लागि सरकारसँग पठाए पनि अहिलेसम्म रेस्पोन्स नभएको यादवले गुनासो गरे । ʻनिर्वाचन कानूनमा सुधार र परिमार्जनको आवस्यकता छ, कानून कहाँकहाँ संशोधन गर्नुपर्ने हो भनेर हामीले केही ड्राफ्ट पठाएका छांै, सबै निर्वाचन ऐनलाई एकीकृत गर्ने या छुट्टा छुटै गर्नु पर्ने हो सरकारले निर्णय गरोस्, संशोधनको समय भयोʼयादवले भने ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी निर्वाचनमा विद्युतीय मतदानको व्यबस्था गर्न र मतदान भएकै स्थल बुथ मै मतगणना गर्ने व्यबस्था मिलाउन सुझाव दिए । ʻमतदाता परिचयपत्र लागू भएपछि एकजनाको भोट अर्कोले हाल्न पाउँदैन कि भनेको एकै जनाले २० जनाको भोट हालेको पनि देखियो, यसमा आयोग गम्भीर हुनुपर्छʼउप्रेतीले भने । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यबस्था गर्न आयोगले पहल गर्नुपर्ने बताए ।

२०७४ वैशाख, असार र असोजमा सम्पन्न स्थानीय तहको निर्वाचन तथा मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण सम्बन्धी अन्तिम रिर्पोट आज सार्वजनिक भएको हो । प्रतिवेदनका अनुसार तीनै तहको निर्वाचन शान्तिपूर्ण र धाँधलीरहितरुपमा सम्पन्न भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group