ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री थापा र युएनएचसिआरका एसिया निर्देशक रातवत्तेबीच भेट


admin
३० कार्तिक २०७५, शुक्रबार   ५ : २१   बजे

काठमाडौँ, ३० कात्तिक । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको  कार्यालय (युएनएचसिआर)का  एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले आज शिष्टचार भेटवार्ता गर्नुभएको छ ।

गृहमन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्या लगायतका शरणार्थीको विषयमा केन्द्रीत रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र पुर्नस्थापनाका लागि युएनएचसीआरले गरीरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गर्नुभयो ।

उहाँले भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुर्नस्थापना कार्यक्रम सफल भएको बताउँदै करिब एक लाख भुटानी शरणार्थीहरुलाई सो कार्यक्रममार्फत तेस्रो मुलुकमा व्यवस्थापन गरीएको बाँकी रहेका करिब ६ हजार पाँच सय भुटानी शरणार्थीहरुका सम्बन्धमा छिट्टै समाधान निस्कने विश्वँस व्यक्त गर्नुभयो ।

बाँकी रहेका भुटानी शरणार्थीहरुका सम्बन्ध विभिन्न विकल्पहरुबारे छलफल भईरहेको भन्दै सबैभन्दा स्थायी समाधान उनिहरुलाई भुटानमै फर्काउनु रहेको भन्दै त्यसका लागि छिट्टै भुटान सरकारसँग नेपालले छलफल अघि बढाउन लागेको जानकारी दिनुभयो । उहाँले शरणार्थीको अधिकारको विषयमा नेपाल सरकार गम्भिर रहेको बताउनुभयो ।

निर्देशक रातवत्तेले शरणार्थीका विषयमा नेपालले खेल्दै आएको भूमिका सराहनीय रहेको टिप्प्णी गर्नुभयो । बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारसँग मिलेर काम गर्न युनएनएचसिआर तयार रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group