ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरिम्ला नाका निरीक्षण गर्न उपल्लो डोल्पा पुग्यो मन्त्रीको टोली , चीनबाट ल्याइयो दुईसय मोटरसाइकल


एबीसी न्यूज
१ मंसिर २०७५, शनिबार   ७ : ४३   बजे

दुनै(डोल्पा) १ मंसिर ।  हिमाली जिल्ला डोल्पाको मोरिम्ला नाका निरीक्षणका लागि संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहितको टोली डोल्पा पुगेको छ ।

सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा रहेको नाकाको स्थलगत निरीक्षणका लागि शनिबार मन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन नागरिक उड्यन राज्यमन्त्री धनबहादुर बुढा, भौतिक पूर्वाधार यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारी, सडक बिभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठको टोली हेलिकोप्टरबाट नेपाल–चीन सिमानाका मोरिम्ला पुगेको हो । टोलीले दुई देशलाई ब्यापारिक दृष्ट्रिकोणले जोड्ने नाकाको रुपमा रहेको मोरिम्ला नाकाको बिशेष अनुगमन गगरेको छ ।

यहि आर्थिक बर्ष भित्र बेलि ब्रिजको निर्माण गरेर भएपनि जाजरकोट देखि डोल्पाको दुनैसम्म बाँकी सडक निर्माण गरेर सिधा यातायात संञ्चालनमा ल्याउने प्रतिबद्धता मन्त्री महासेठले गरे । सम्भाबनाको खानी डोल्पालाइ सरकारले बिकासमा पछि नछोड्ने पनि दावी गरे । करिब १२० किलोमिटर लम्बाई रहेको दुनै–मोरिम्ला सडकको ९० किलोमिटर ट्रयाक खुलाउने भएपनि लैनी–धो खण्डमा पर्ने ३० किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको राज्यमन्त्री बुढाले जानकारी दिए ।

‘मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक बिभागले निर्माण गरेको छ छ, दुनै–ल्यासिक्याप २५ किलोमिटर सडकको बिकेन्द्रिकृत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले ट्रयाक खुलाइसकेको छ,’ राज्य मन्त्री बुढाले भने, ‘बाँकी ३० किमी सडक निर्माण कडा चट्टानयुक्त भएकाले अहिले २४ करोड वजेट बिनियोजन गरिएको छ, यस खण्डको डीपीआर तयार भइसकेकाले सो खण्ड पूर्णरुपमा कार्य सम्पन्न गर्न करिब दुई अरबको वजेट अनुमान गरिएको छ ।

’ उत्तर–दक्षिण लोकमार्गको रुपमा यस सडकलाई पूर्णरुपमा निर्काणकार्य सम्पन्न गर्न सके नेपालकै छोटो लोकमार्गको रुपमा बिकासगर्न सकिने अनुगमन टोलीले बताएको छ ।साथै तिन्जेमा भन्सार राख्नकालागि सम्भाब्यता समेत अध्ययन गरिएको छ । भेरी करिडोरको नाम दिइएको मोरिम्ला–दुनै हुँदै जमुनाहा (नेपाल भारत सीमा) जोडने सडकलाई केन्द्र र प्रदेश सरकारले राष्ट्रिय गौरबको नाकाको रुपमा समेत बिकास गर्ने लक्ष्य लिएको छ । यस सडकको निर्माणकार्य सम्पन्न भईसकेपछि पाँचहजार तीनसय मीटर उचाइमा गाडी गुड्ने छ । चीनबाट मोटरसाइकल ल्याएर मन्त्रीसहित ¥याली आजै उपल्लो डोल्पाको तीन्जेमा मन्त्रीसहित मोटरसाइकल ¥याली निकालिएको छ ।

अनुगमन टोलीको स्वागत स्वरुप छिमेकी जिल्ला चीनबाट ल्याइएका करिब दुईसय मोटरसाइकलको ¥याली निकालिएको थियो । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माण भइसकेकाले सर्वसाधारणको सुविधाको लागि मोटरसाइकल संञ्चालनमा ल्याइएको स्थानीयले बताए ।

मोरिम्ला नाका खुलाईसकेपछि नेपालकै सर्वाधिक उचाइमा गाडी गुड्ने सडकको रुपमा मोरिम्ला जमुनाह नाका चिनिने राज्यमन्त्री बुढाले बताए । उनका अनुसार हिमपातका कारण करिब छ महिनामात्रै उक्त नाका संञ्चालनमा आउने भएतापनि प्रबिधिको प्रयोगबाट बाह्रैमहिना संञ्चालनमा ल्याउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group