ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ बाणिज्य दूतावासमा आक्रमण, दुईको मृत्यु


admin
७ मंसिर २०७५, शुक्रबार   २ : २४   बजे

 

पाकिस्तान, ७ मङ्सिर । पाकिस्तानको बन्दरगाह शहर कराँचीमा रहेको चिनियाँ बाणिज्य दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्ती दुई प्रहरीको मृत्यु भएको छ ।
पाकिस्तानी सरकारी अधिकारीहरुले सो जानकारी दिएको कराँचीबाट प्राप्त समाचारमा जनाइएको छ ।

चार जना बन्दु्कधारीले दूतावासमा प्रवेश गर्ने कोशिस गरेका र उनीहरुलाई भित्र प्रवेश गर्नबाट दूतावासको सुरक्षामा रहेका सुरक्षाकर्मीले रोक लगाएका थिए ।

त्यस क्रममा ती बन्दुकधारीले सुरक्षाकर्मीमाथि नै हमला गरेका थिए । कराँचीका एकजना स्थानीय प्रहरी अधिकारी जाभेद अलाम ओधोले एएफपी समाचार समितिलाई सो जानकारी दिएका समाचारमा जनाइएको छ ।

सुरक्षा अधिकारीले रोक लगाएपछि बन्दुकधारीले प्रहार गरेको गोलीबाट दुई प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य गम्भीर घाइते भएका जाभेदले बताउनु भएको छ । आक्रमणपछि ती बन्दुकधारीहरु भागेका र हाल सुरक्षा अधिकारीहरुले सो इलाकालाई घेरा हालेर खोजी गरिरहेको बताइएको छ ।

पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा बढी प्रभाव रहेको भनिएका पृथकतावादी आतङ्ककारी समूहले सो आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । कराँची चिनियाँ लगानी परियोजनाको प्रमुख केन्द्रको रुपमा रहेको छ । बलुचिस्तान लिबेरेसन आर्मि (बीएलए) का प्रवक्ताले एएफपीलाई अज्ञात स्थलबाट जानकारी दिएका छन् ।

उनले भनेका छन्– कराँचीको हमला हामीले नै गराएका हौँ अगामी दिनमा पनि यस प्रकारको आक्रमण जारी नै राख्ने छौँ ।
पाकिस्तानको ठूलो तर निम्न आय भएका नागरिकको बाहुल्यता रहेको बलुचिस्तानमा बीएलएले विगतका दिनदेखि आतङ्क मच्चाउँदै आएको छ ।

यस दूतावासमा २१ जना चिनियाँ कर्मचारी कार्यरत रहेका छन् । अरु सबै भने सुरक्षित रहेका बताइएको छ । चिनियाँ लगानी शुरु भएयता नै चिनियाँ कामदार निमार्णाधीन इलाकामा आतङ्ककारीहरुले बारम्बार आक्रमण गर्दै आएका छन् ।

चीनको निन्दा 

यसैबीच प्राप्त अर्काे एक समाचारमा जनाइएअनुसार उक्त आक्रमणको चीनले निन्दा गरेको छ । कराँचीको चिनियाँ वाणिज्य दूतावासमा भएको हमला र चिनियाँ नागरिकको हत्याको चीन सरकारले कडा शब्दमा निन्दा गरेको छ ।
चीन सरकारले उक्त हत्याकाण्डको निन्दा गरेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu