ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की


admin
७ मंसिर २०७५, शुक्रबार   ५ : ५६   बजे

एजेन्सी ,७ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिनु भएको बताइएको छ ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उहाँले सो चेतावानी दिनुभएको समाचारमा जनाइएको छ । साथै अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की दिनुभएको पनि एक अर्काे समाचारमा जनाइएको छ ।

आवश्यक परिस्थतिअनुसार सीमास्थित सुरक्षा फौजलाई शक्ति प्रयोग गर्न समेत आफूले अनुमति दिएको ट्रम्पले बताउनु भएको छ । मेक्सिकोको सीमा क्षेत्रबाट प्राय हन्डुरसका आप्रवासी हजार किलोमिटर यात्रा गरेर मेक्सिकोतर्फ आइपुगेका छन् ।

यसरी बलजफ्ती आउने क्रममा उनीहरुलाई रोक लगाउन सीमा बन्द गरिने उहाँले चेतावनी दिनुभएको हो । ती अमेरिकी देशहरुमा परेका विभिन्न समस्याका कारण आफ्नो देशमा व्याप्त आर्थिक कठिनाई तथा हिंसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन् ।

स्थानीय अधिकारीहरूका अनुसार ती क्षेत्रहरुबाट अहिले पनि थप आप्रवासीहरू आउने क्रम जारी नै रहेको छ । यसरी उनीहरूलाई स्वतन्त्र रुपमा छोडिदिने हो भने यसरी आउनेहरुको कुल सङ्ख्या १० हजार पुग्नेछ ।

यसअघि राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा करिब ६ हजार जना सुरक्षाकर्मी परिचालन गर्नुभएको जानकारी दिनुभएको थियो । उहाँले हालैमात्र पनि यसरी ती व्यक्ति अमेरिका प्रवेश गर्न खोज्नुलाई आप्रवासीहरुको अतिक्रमणको सङ्ज्ञा दिनुभएको थियो ।

यतिमात्र नभएर उहाँले ती व्यक्तिहरुलाई आक्रमणकारीको पनि सङ्ज्ञा दिनुभएको थियो । उहाँले ती आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने र यदि आवश्यक परेमा मेक्सिकोतर्फको सीमा र व्यापारिक सम्बन्ध समेत अमेरिकाले चाहेको समय सम्मका लागि बन्द गरिदिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

भोटेकोशी बाढीपछि आफन्तको एउटै पुकार : ‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्’

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu