ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैभन्दा खतरनाक ‘अनलाइन गेम’ २८५ जना बच्चाले गरिसके आत्महत्या


एबीसी न्यूज
९ मंसिर २०७५, आइतबार   ९ : ४७   बजे


एजेन्सी ।   तपाईले अहिलेसम्म दुनियाँको कैयौं यस्ता गेमहरुको बारेमा थाहा पाउनु भएको छ होला जसले शारीरिक र मानसिक विकास गर्छ । तर, के सोच्नुभएको छ कुनै गेम यस्ता पनि हुन्छन जसले खेल्ने बच्चाको ज्यानै लिन्छ रु

के तपाईले सोच्नुभएको छ कुनै गेम खेल्दा यस्तो कुनै स्टेज आउन सक्छ जसलाई खेल्दै जाँदा बच्चा र युवाले आफ्नो ज्यानै दिन बाध्य हुन्छन् ।

यो सुन्दा साँच्चै आश्र्चय लाग्छ तर, यो सत्य हो । ‘ब्लु ह्वेल च्यालेन्ज‘ नामक एक यस्तो अनलाइन गेम छ जसले विश्वभरमा सयौं निर्दोष बच्चा र युवाहरुको जिन्दगीलाई बर्बाद गरिदिएको छ ।

यो गेम खेल्नेले अन्तिममा ज्यानै गुमाउने भएकाले यसलाई सुसाइड गेम पनि भन्न थालिएको छ ।

यो गेम हाम्रै छिमेकी देश भारत र पाकिस्तान सम्म पनि आइसकेको छ । केही दिन अघिमात्रै मुम्बईका एक १४ वर्षिय स्कुले विद्यार्थी मनप्रित सिंह सहनीले उक्त ब्लु ह्वेल च्यालेन्ज नामक अनलाइन गेमको अन्तिम स्टेज कटाउनको लागि ७ तले भवनको छतबाट हाम फालेर आत्महत्या गरेका छन् ।

यसरी भैरहेका छन् बच्चा र युवा शिकार

यो गेमक्लोज्ड ग्रुपमा खेलिन्छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्वाट्सएप जस्ता साइटबाट इन्भिटेसनको माध्यमबाट बच्चा यो गेममा सहभागी हुन्छन् । यो गेममा ५० स्टेज हुन्छ जसलाई ५० दिनमा पुरा गर्नुपर्छ । हरेक स्टेजमा प्रयोगकर्ताले स्टेजमा कटाएको प्रमाण स्वरुप एक तस्वीर ग्रुपमा पठाउनुपर्छ ।

यो गेमको सबैभन्दा खतरनाक कुरा के छ भने जब बच्चा यो गेमबाट बाहिर निस्कने कोसिस गर्छ तब गेम चलाउनेले उसको परिवारमा हानी गर्ने धम्की दिन्छ ।

१९ देशका २५० जनाले गरिसके आत्महत्या

ब्लु ह्वेल च्यालेन्ज गेम नामक खेल्ने मानिसहरुमध्ये अहिलेसम्म करिब २८५ भन्दा धेरै बच्चाले आत्म हत्या गरिसकेका छन् । यसमा रुसकामात्रै १३० जनाको मृत्यु भएको दावी गरिएको छ ।

अमेरिका, पाकिस्तान समेत गरि विश्वका १९ देशमा यो गेमको कारणले आत्महत्या गर्ने वा कोशिस गरेका सयौं घटनाहरु आइसकेका छन् ।

२५ वर्षिय रुसी नागरिकले बनाएका हुन यो गेम

द ब्लु ह्वेल गेमलाई २५ वर्षका फिलिप बुडेकिनले सन् २०१३ मा बनाएका थिए । रुसमा यो गेमबाट आत्महत्याको पहिलो घटना सन् २०१५ मा आएको थियो । यसपछि फिलिपलाई जेल सजाँय भएको थियो । तर फिलिप दावी गर्छन् कि यो गेम समाजमा सफाइको लागि हो । आत्महत्या गर्ने मानिसहरु ‘बायोलोजिकल वेस्ट’ हुन् ।

के के छ गेमको ५० टास्कमा 

‘द ब्लु ह्वेल गेम’ मा ५० दिनसम्म टास्क बताइन्छ । यसलाई इन्टरनेटमा खेलिन्छ । हरेक टास्कलाई पुरा गरेपछि हातमा एकपटक काट्नको लागि भनिन्छ । यसमा हातमा ब्लेडले एफ–५७कोरेर फोटो पठाउनको लागि भन्निछ । यसको साथै बिहान ४ः२० मा उठेर डरलाग्दो फिल्मवा भिडियो हेर्नको लागि र क्युरेटरलाई पठाउनको लागि भनिन्छ ।

विहान अग्लो भन्दाअग्लो छतमा जान भनिन्छ । कागजको पानामा ह्वेलको चित्रबनाएर क्युरेटरलाई पठाउन भनिन्छ ।

ह्वेल बन्नको लागि तयार भएमा आफ्नो खुट्टामा ब्लेडले काटेर ‘यस’ लेख्नुपर्छ र तयार नभएमा आफैलाई चक्कुले कैयौं पटक काटेर सजायँ दिनुपर्छ । चार स्टेजमा छतमा जानुपर्छ । क्युरेटरले पठाएको म्युजिक सुन्नुपर्छं ।

यस खालका ४९ स्टेप पुरा गर्दै गएपछि ५० औं दिनमा यो खेल खेल्नेलाई कुनै अग्लो भवनको छतबाट हामफालेर आत्महत्या गरि विजेता बन्नको लागि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group