ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज बस्ने भनिएको नेकपा को केन्द्रीय सचिवालयको बैठक भोलि मंगलबार बस्ने


एबीसी न्यूज
१० मंसिर २०७५, सोमबार   १२ : ३६   बजे


काठमाडौँ, १० मंसिर । आज बिहान ९ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनको गृहकार्य अपुग भएको भन्दै सचिवालय बैठक स्थगित भएको हो । आइतवार दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने भनिएको थियो ।

तर, ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजनको लागि गृहकार्य अपुग भएपछि सचिवालय बैठक एक दिन सरेको हो । बैठक भोलि मंगलबार बस्नेछ । समय भने यकिन गरिएको छैन । नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य बिभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ । पोलिटव्यूरो गठन गरेरमात्र केन्दीय कमिटीको कार्य बिभाजन गर्न केही नेताहरुले भने पनि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले तत्काल पोलिटव्यूरो गठनतिर चासो नदिएको स्रोतले बताएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन तय गर्ने अन्तिम तरखरमा रहेको नेकपाले प्रदेश कमिटीलाई पूर्णता दिनपनि अन्तिम तयारी गरेको छ । सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेलले तयार पारेको प्रतिवेदनलाई सचिवालयले भोलि अन्तिम रुप दिने बताइएको छ ।

स्रोतका अनुसार नेकपाका स्थायी कमिटी सदस्यहरुलाई प्रदेश इन्चार्ज र महत्वपूर्ण बिभागको प्रमुखको जिम्मेवारी दिइने भएको छ । विदेश बिभाग, प्रचार विभाग, संसदीय बिभाग, अर्थ तथा योजना विभाग, नीति अनुसन्धान बिभाग र संगठन बिभाग जस्ता विभागीय प्रमुखको जिम्मा सचिवालय र स्थायी कमिटीका सदस्यले पाउनेछन् । त्यस्तै पोलिटव्यूरो गठन नभएकाले तत्कालीन एमालेका पोलिटव्यूरो र तत्कालीन माओवादीको स्थायी कमिटी तथा सचिवालयमा रहेका नेताहरुमध्येबाट जिल्ला इन्चार्ज तोकिने भएको छ । यद्यपि सिनियर केन्द्रीय सदस्यहरुले पनि जिल्ला इन्चार्जको जिम्मेवारी पाउनेछन् ।
केन्द्रीय सदस्यहरुको कार्यविभाजन र प्रदेश कमिटी सदस्यहरुको नाम सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने नेकपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu