ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसले युक्रेनका जहाज कब्जामा लियो, रुसी कदमको आलोचना


admin
१० मंसिर २०७५, सोमबार   ३ : ४६   बजे

एजेन्सी,१० मङसिर । रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाजहरु नियन्त्रणमा लिएको छ । रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ ।

युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको जनाएको छ । रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाजहरु अनधिकृत रुपमा प्रवेश गरेको जनाएको छ ।

दुईवटा युक्रेनी साना युद्धपोत र एउटा टगबोट कर्च स्ट्रेटहुँदै आइतबार अगाडि बढेपछि यो सङ्कटको पटाक्षेप भएको थियो । कर्च स्ट्रेट एउटा साँघुरो प्रवेश क्षेत्र हो जहाँबाट युक्रेन र रुस दुवैले प्रयोग गरिआएको अजोभ सागरमा प्रवेश गर्न सकिन्छ । अजोभ सागर दुवै देशको साझा हो ।

युक्रेनले एउटा रुसी सीमा सुरक्षा जहाजले टगबोटमा एकाएक आक्रमण गरेको र त्यसपछि तीनवटै जहाज नियन्त्रणमा लिएको जनाएको छ ।

युक्रेनले कर्च स्ट्रेटको साँगुरो जलमार्गमा रुसले ट्याँकर तेस्र्याएर बाटो अवरुद्ध गरेको जनाएको छ । यो क्षेत्रमा रुसी सैनिक विमानहरुले आकाशबाट गस्ती गरिरहेको युक्रेनले बताएको छ ।

युक्रेनमा उत्पन्न तनावका बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक सोमबार बस्न लागेको राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले बताउनुभयो । यो बैठकका लागि रुस र युक्रेन दुवैले अनुरोध गरेको कुटनीतिक स्रोतहरुले बताएका छन् ।

यहीबीच, युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले मुलुकमा अरु ६० दिन सैनिक कानुन लगाउने वा नलगाउने भन्ने विषयमा छलफल गरी मतदान गर्न संसद समक्ष आग्रह गर्नुभएको छ । मन्त्रिपरिषदको सैनिक परिषदले सैनिक कानुनको आवश्यकता रहेको निर्णय गरिसकेको छ ।

राष्ट्रपति पोरोशेन्कोले रुसीहरुको आक्रमण भूलवश नभएको बताउँदै यो घटना नियतवश भएको, र युक्रेनलाई स्थायित्व खल्बल्याउने उद्देश्यबाट प्रेरित रहेको चर्चा गर्नुभयो ।

युक्रेनले रुसी आक्रमणबाट छ जना सैनिक घाइते भएको, र तीमध्ये दुईजना गम्भीर रहेको बताएको छ । तर रुसको एफएसबीले तीनजना मात्र सामान्य घाइते भएको जनाएको छ । उनीहरुको उपचार गरिएको छ ।

किभमा रुसी राजदूतावास बाहिर उक्त आक्रमणको विरुद्धमा आइतबार राति प्रदर्शन गरिएको छ ।

कीभका पश्चिमी गठबन्धन राष्ट्रहरुले रुसको पछिल्लो आक्रमणप्रति आपत्ति जनाएका छन् । युरोपेली युनियनले एक वक्तव्य जारी गर्दै कर्च स्ट्रेटको बाटो पुनस्र्थापित गर्न रुससँग आग्रह गरेको छ । वक्तव्यमा परिस्थितिलाई अरु भड्किन नदिने दुवै पक्षबाट सम्यम अपनाउन भनिएको छ ।

नेटोले पनि परिस्थितिलाई जतिसक्दो चाँडो साम्य बनाउन आग्रह गर्दै अन्तर्राष्ट्रिय कानुन बमोजिम अजोभ सागरमा युक्रेनी बन्दरगाहसम्मको सहज पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ ।

रुसले क्राइमिया प्रायःद्वीपलाई सन् २०१४ मा रुसमा विलय गरेसँगै क्राइमियाको जलक्षेत्रमा आफ्नो प्रभूत्व रहेको दाबी गरिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu