ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्य गम्भीर बन्न नसक्दा राष्ट्रिय खेल भलिबलको विकासमा कठिनाइ (भिडियोसहित)


एबीसी न्यूज
१९ मंसिर २०७५, बुधबार   ११ : ५१   बजे

काठमाडौं , १९ मङ्सिर। लामो बहस र तर्क–वितर्क पश्चात २०७४ साल जेठ ८ गते बसेको मन्त्रीपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिबल हुने घोषणा गरेको थियो ।

विधितायुक्त भौगोलिक अवस्थिति, रहनसहन र संस्कति भएको नेपालमा भलिबल सबै जिल्लाहरुमा खेलिने खेल हो । लागतको हिसाबले होस या आवश्यक मैदानको हिसाबले भलिबल खेल सहज देखिन्छ ।

यही कारणले पनि भलिवल नेपालको राष्ट्रिय खेल बनेको छ । विडम्बना नै भन्नु पर्छ, सहज, सरल र सबैतिर खेलिने खेल भएर पनि भलिबल विकास गर्न कठिन देखिन्न । त्यसमा पनि भलिबल अहिले नेपालको राष्ट्रिय खेल हो । तर पनि यो खेल अझै सरकारी बेवास्थामा पर्दै आएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबल, राष्ट्रिय खेल भएर पनि मुलधारमा आउन संघर्ष गरिरहेको छ । त्यसो त नेपालको राष्ट्रिय खेलबारे कुरा उठ्दा कपर्दी र डण्डिवियो हो भन्ने सहज उत्तर पनि यदाकदा आउने गर्छ । कारण, लामो समयसम्म अनौपचारिक रुपमा राष्ट्रिय खेलको रुपमा कपर्दी र डण्डिवियो रहेकोे थियो । तर यथार्थ फरक छ ।

२०७४ साल जेष्ठ ८ गते बसेको मन्त्री परिषदको बैठकले राष्ट्रिय खेल भलिबल हुने निर्णय ग¥यो । अन्य खेल क्षेत्रका मानिसहरुको केही असन्तुष्टिहरुका बावजुत भलिबल राष्ट्रिय खेलको रुपमा स्थापित भयो । राष्ट्रिय खेलका रुपमा स्थापित हुनु एउटा पक्ष छ, राष्ट्रिय खेलका रुपमा यसको गौरब कायम राख्नु अर्को पक्ष हो । स्थानीय स्तरमा लोकप्रिय भएर पनि अन्तराष्ट्रिय र राष्ट्रिय स्तरमा मुलधारको खेल बन्न भलिबलले अझै पनि संघर्ष गर्न बांकी छ ।

नेपालमा भलिबल खेलमा सकारात्मक पक्षहरु पनि छन् । नेपाली खेलकुद आकाश दोहारो संघ र आन्तरिक राजनीतिक खिचातानीले ढाकेको बेला नेपाल भलिबल संघको भने ७६ जिल्ला मै जिल्ला संघ तथा निर्विरोध निर्वाचित संघको नेतृत्व छ । यसो भन्नुको अर्थ, भलिवलमा गरिएको लगानी पारदर्शी र नतिजामुखि बनाउन धेरै सहज हुन्छ ।

तर, यसमा सम्वन्धित निकायको ध्यान पुग्न सकेको देखिदैन । एकातर्फ राष्ट्रिय खेल, अर्कोतर्फ सम्भावना बोकेको खेल भलिबलमा राज्यस्तर गम्भीर बन्न नसक्दा भलिवलको विकासमा कठिनाइ देखिइरहेको बताउंछन् नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द ।

अन्तर्राष्ट्रिय स्तरमा पनि पछिल्लो समय भलिबलले प्रभाव जमाउने प्रयास गरिरहेको छ । सन् १९७६ मा पाकिस्तानमा पहिलो खेल खेलेर अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाएको नेपालले १८ औ एसियन गेम्समा आइपुग्दा १५ औ रेन्किङ्मा पुग्न समेत सफल भएको छ । एफआइभी को ३६ औं साधारण सभामा पनि नेपाली भलिबलले नेदरल्याण्डस“गको सहकार्यमा विश्वमाझ नेपाली भलिवल सम्वन्धित सामाग्री विश्वमाझ प्रस्तुत गरेको थियो ।

तर, नेपालको आन्तरिका पुर्वाधार भने ध्वस्त रहेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदमा रहेको कवर्डहल पनि जिर्ण अवस्थामा रहेको छ । महासचिव चन्द सबै संघका खेलहरु त्यही आयोजना गर्नुपर्ने भएकाले आफ्नो पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको बताउछन ।
अस्तव्यस्तता सबै खेलमा छ । देशको राष्ट्रिय खेल के हो भन्दा समेत धेरै जना झुक्किने अवस्था छ । भलिबल नेपालको राष्ट्रिय खेल हो । तर पनि सरकारी प्राथमिकताको मुलधारमा पर्न अझै सकेको छैन । देशै भर खेलिने भलिबलका लागि अन्तर्राष्ट्रिय स्तरको कवर्ड हलको पनि सुगमता छैन, नेपालमा । खेलको विकास एउटा पक्ष हो तर राष्ट्रिय खेल अझ महत्वपुर्ण पक्ष । राष्ट्रिय खेल भएर पनि बजेट, पुर्वाधार र सहयोग पाउन भलिवलले संघर्ष गर्नुपर्ने अवस्था विडम्बनापुर्ण बनिरहेको छ ।

राष्ट्रिय खेलकुद राष्ट्रका लागि गौरवको खेल हो । जीतमा गौरव गर्ने तर त्यसको सुधारमा पहल नगर्ने प्रबृद्दि कदाचित राम्रो होइन । राष्ट्रिय गौरवको खेल घोषणा गरेपछि त्यसको विकास र प्रवर्धमा पनि विशेष ध्यान पु¥याउनु सरकारको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न बिप्लव हमालद्वारा १ लाख १ हजार १११ रुपैयाँ सहयोग

संघको विवादमा पब्जी खेलाडी, एसियाड खेल्ने अवसर गुम्ने जोखिम

सम्बन्धित

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu