काठमाडौं,१९ मङसिर । मुर्छना संगीत पाठ्शालाद्वारा आयोजित २८ औ नारायण गोपाल स्मृती दिवस भव्यसाथ सम्पन्न भएको छ । मुर्छना संगीत पाठ्शालाको संगितकार तथा गायक प्रेमकृष्ण बजगाइको नेतृत्वमा यो कार्यक्रम चाबहिलमा सम्पन्न भएको हो ।
स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ ।
सबै नेपालीको मन मुटुमा बस्न सफल स्वार सम्राट नारायण गोपालले एक सय ३६ भन्दा बढी गीत गाउनुभएको छ ।
कार्यक्रममा मुर्छना संगीत पाठ्शालाका विधार्थीहरुले स्वारसम्राट नारायण गोपालको सम्झनामा विभिन्न गीत गाएर सम्पूर्ण दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
यस कार्यक्रममा विधार्थी कलाकारहरु रितु दंगाल , सविना परियार, बुद्धि राम नेपाली मुना ठंटाल ,जीवन निरौला आकाश खाती,निर्मला दंगाल,सुरेन्द्र, प्रेम ,फरेन्द्र परियार रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्