काठमाडौँ, २२ मङ्सिर । नेपालीसहित विश्वको ध्यान तानिरहेको मिस वल्र्ड २०१८ को मुख्य प्रतिष्पर्धा आज हुदैछ । मिस वल्र्ड को हुने भनेर आज त्यसको फैसला हुदैछ ।
जहाँ नेपाल सुन्दरी श्रृखला खतिवडा एक दाबेदार बनेर प्रतिष्पर्धा गर्दैछिन् । नेपाली समय अनुसार साँझ पाच बजेबाट चीनको सान्यामा हुने मिस वल्र्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला खतिवडा दाबेदार प्रतिस्पर्धी बनेकी छिन् । प्रतियोगिता शुरु हुनु अगावै धेरै नेपालीहरुले उनको सहभागितालाई राष्ट्रिय गौरवको रुपमा लिएका छन् । प्रतियोगिताको एउटा उपाधि ‘ब्युटि विथ पर्पोज’ जितेपछि श्रृखलाको चर्चा झन् चुलिएको छ ।
त्यसयता लगातार सामाजिक सञ्जालमा थप चर्चामा आएकी उनले मतको आधारमा पाउने अर्को उपाधि मल्टिमिडिया अवार्ड जितिन् र प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरिन् । शृङ्खलाको चर्चा चुलिनुको एउटा कारण आत्मविश्वासले भरिपूर्ण उनको हँसिलो मुहार भएको कतिपयले प्रतिक्रिया दिएका छन् । विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो ‘मिस वर्ल्ड’ प्रतियोगिता । ६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको छ । शृङ्खलालाई शनिबार दिउँसो ४ बजेसम्म भोट गर्न सकिनेछ । मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् ।
त्यसो त पूरै एसियाकै कुरा गर्ने हो भने पनि अहिलेसम्म भारत, चीन, इजरायल र फिलिपिन्सबाहेकका देशबाट मिस वर्ल्ड बन्न सकेका छैनन् । ६८ औँ संस्करणसम्म आइपुग्दा अहिलेसम्म सबैभन्दा बढी मिस वर्ल्ड बन्ने देशमा भारत र भेनेजुएला ९६–६ पटक० रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्