ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मात्री पूनम क्षेत्री गौतमको दोश्रो प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘मारुनी’को घोषणा


एबीसी न्यूज
२६ मंसिर २०७५, बुधबार   ८ : १९   बजे

काठमाडौँ, २६ मङ्सिर । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन माघको दोश्रो साताबाट हुँदैछ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह,  नायिका रेविका गुरुङ र नायक पुष्पल खड्काले मुख्य भूमिकामा काम गर्न लागेको चलचित्र ‘मारुनी’को एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको छ ।

काठमाण्डौमा आयोजित एक भव्य कार्यक्रममा निर्मात्री पूनम क्षेत्री गौतमको दोश्रो प्रस्तुतिमा बन्न लागेको चलचित्रको घोषणा गरिएको हो ।

चलचित्रमा अजय पोखरेल र राजा प्रधानले निर्माणमा सहकार्य गरेका छन् । चलचित्रमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल, सौर्य अधिकारीको मुख्य भूमिका रहनेछ ।

कार्यक्रममा ¥याम्प शो गर्दै कलाकारलाई स्टेजमा उतारिएको थियो । चलचित्रका ३ कलाकारले ‘मा रु नी’ लेखिएको प्लेकार्ड बोक्दै र्याम्पमा उत्रिएका थिए ।

यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् । चलचित्रले २ सुन्दर यूवतीको कथा भन्ने निर्देशक नवल नेपालले बताए ।

निर्मात्री पूनम गौतमले करिब ५ बर्ष लामो समय होमवर्क गरेर आफू दोश्रो चलचित्र निर्माणमा उत्रिएको जानकारी दिइन् ।

उनले यसअघि चलचित्र ‘अझै पनि’ निर्माण गरेकी थिइन् । चलचित्रमा नवल र गोविन्द फुयाँलको लेखन, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायांकन रहनेछ । निर्देशक नेपालले यो चलचित्रको नामले कुनै नाचलाई प्रतिबिम्बित नगर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group