ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झमककुमारीको जीवन काँडा कि फूल’ चलचित्र निर्माण


एबीसी न्यूज
२८ मंसिर २०७५, शुक्रबार   ७ : ५१   बजे

 

काठमाडौँ, २८ मङ्सिर।  साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ ।

करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उहाँले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्टले छ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको चलचित्र निर्माण लागत रु ६५ लाख रहेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँका सभापति सन्तराम बिंडारीले जीवन्त कथा वस्तुमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै घिमिरेको जीवन सङ्घर्ष धेरैका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं सिने निर्देशक आकाश अधिकारीले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पु¥याउने बताउँदै चलचित्रको सङ्क्षिप्त कथा वस्तुलाई आफूले अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कलाकार मोहन निरौला, सङ्गीतकार राजु सिंहलगायतले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि नेपाली साहित्यको विकासमा योगदान पु¥याएको बताउनुभयो ।

चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारले अभिनय गर्नुभएको छ भने गायिका जुनु गौतमले गीत गाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोहित पौडेलको ‘१७ बिन क्याफे’ले शुक्रबारको सबै कमाइ राहत कोषमा दिने

गण्डकी सरकारले बाढी प्रभावितलाई ४ करोड सहयोग गर्ने

सम्बन्धित

दुर्गेश थापा बाढीपीडितलाई राहत लिएर नुवाकोटतर्फ

‘आचार्य’को विदेशमा बढ्दो माग, उच्च मूल्यमा ओभरसिज राइट्स बिक्री

‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिइने

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

गण्डकी प्रदेशस्तरीय दोस्रो तीज नृत्य प्रतियोगिता भदौ २१ मा, २० टोली सहभागी हुने

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu