ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार


एबीसी न्यूज
२८ मंसिर २०७५, शुक्रबार   ९ : ३४   बजे


जाजरकोट, २८ मङ्सिर ।  तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् ।

भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्दै आएका छन् । चट्टान नै चट्टानले बनेको कडा भूबनोटका कारण यो सडकखण्ड निर्माणमा पनि धेरै समय लागेको छ । अहिले ट्र्याक मात्र खोलिएको यो सडकमा सहजै सवारीसाधनमा यात्रा गर्न सक्ने अवस्था नभएको डोल्पावासी बताउँछन् ।

एक सय १८ किमी लम्बाइ रहेको यो सडकखण्डमा हिउँदयाममा मात्र यातायातका साधन सञ्चालन हुने गर्छ । विसं २०६५ मा निर्माण थालिएको यो सडकको विसं २०७५ कात्तिकमा मात्र ट्र्याक खुला गरिएको हो । जाजरकोट खण्डको रिम्ना–दल्लीसम्मको भूभाग हुँदै जाने कि रिम्ना–छेपारे वैरीताल हुँदै जाने भन्ने विषयमा विवाद हुँदा काम दुई वर्ष ढिला गरी काम शुरु भएको थियो । अन्तिममा जाजरकोटको रिम्ना हुँदै रुकुम पश्चिमको छेपारे, चिसापानीबाट जाजरकोटको वैरीताल जोडेर लैजाने सहमति भएपछि काम सञ्चालन भएको थियो ।

जाजरकोट सदरमुकामको जिरो प्वाइन्ट पासागाड–खलङ्गा र वासागाड–कालेगाउँ दोहोरो सडक निर्माण गर्नुका साथै पासागाड–खलङ्गा हँुदै कालेगाउँभन्दा पासागाड कालेगाउँ सडकखण्डको यात्रा गर्दा आधा घण्टा छिटो हुने भएकाले तल्लो सडक पनि निर्माण गरिएको थियो ।

जाजरकोट–डोल्पाको दुनैसम्म सडकको ट्र्याक खुला हुँदासम्म रुकुमको छेपारे, जाजरकोटको तल्लु, रुकुमको अनाह, जाजरकोट, रुकुम र डोल्पाको सङ्गमस्थल त्रिवेणी, डोल्पाको खदाङ, धाउनी, त्रिपुराकोटलगायत ठाउँमा ट्र्याक खुुला भए पनि पुल निर्माण गर्न बाँकी भएकाले त्यस्ता स्थानमा सवारी साधान बदलेर यात्रा गर्नु परेको यात्रुको गुनासो छ ।

हिउँदयाममा मात्र यात्रा गर्न सकिने जाजरकोट–डोल्पा सडकको वर्षायाममा यातायात सञ्चालन गर्नका लागि दर्जनभन्दा बढी पुल निर्माण गरेमा मात्र सम्भव हुने डोल्पाकी सांसद सत्य पहाडीले बताउनुभयो ।

भेरी नदी र नलगाड नदीमा ठूला आधा दर्जन स्थानमा पुल निर्माणका लागि छिटो पहल गर्नुपर्नेमा अहिलेसम्म बोलपत्र नै शुरु भएको छैन भने खमाउरी खोला, त्रात्रगाड, ताँसुगाड, जाजरकोटको तल्लु र रुकुमको गोतामकोट बीचमा रहेको भेरी नदीमा पुल र निर्माण हुन नै बाँकी छ ।

त्यस्तै रुकुमखण्डको पीपलचौरखोला, घेत्माखोलामा साना पुल निर्माण गर्न बाँकी भने डोल्पाको खदाङस्थित भेरी नदीमा ठूलो पुल र त्रिपुरकोट–जुफाल जोड्ने भेरी नदीमा ठूलो पुल निर्माणका लागि कुनै पहल भएकै छैन । दुनै हुँदै यो सडकखण्ड चीन र नेपालको सिमाना मरिम्लाबाट चीन जोड्ने लक्ष्य लिइएको छ भने कर्णाली प्रदेशको नेपालगञ्जबाट जमुनाह नाँका हुँदै भारतको रोपेडियालाई सिधा जोड्ने भएको छ ।

कहाँ कहाँबाट तारिन्छ सवारी साधन 

जाजरकोट–डोल्पा सडकखण्डको ट्र्याक खुला भए पनि हाल सञ्चालनमा रहेका यातायातका साधन तुइनमा तारेर सञ्चालनमा ल्याइएको छ । जाजरकोट नलगाड नगरपालिका–१२ को तल्लुबाट रुकुम पूर्वको गोतामकोट अनाहबीच रहेको भेरी नदीमा तुइनबाट यातायातका साधन तारेर सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै डोल्पाको त्रिपुरकोट नगरपालिका–५ खदाङमा तुइनबाटै तारेर खदाङदेखि त्रिपुरकोटसम्म जीप तथा ट्र्याक्टर सञ्चालनमा ल्याइएको छ भने त्रिपुरकोट बगरबाट जुफाल जोड्नका लागि बीचमा रहेको भेरी नदीमा पनि तुइनको सहायतामै सवारी साधान तारिने गरिन्छ ।

सेनाको पहलमा यातायातका साधन तुइनबटै तार्ने व्यवस्था मिलाइएको होे । यस सडकखण्डमा सेनाले जोखिम मोलेरै निर्माणका सामग्री ल्याउनाका साथै सडक निर्माण जारी राखेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताउनुभयो । निर्माण थालिएको ११ वर्षपछि जाजरकोट डोल्पा सडकखण्डको ट्र्याक मात्र खुला भएको हो । स्तरोन्नति काम भने जाजरकोट खण्डमा शुरु भए पनि डोल्पा खण्डमा पुरै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu