ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकालीका बाढीपीडितलाई राहत दिने प्रतिबद्ध : प्रधानमन्त्री ओली


admin
९ पुस २०७५, सोमबार   ५ : ५६   बजे

काठमाडौं,९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा आफू दृढ रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा महाकाली बाढीपीडित विपत् व्यवस्थापन सङ्घर्ष समितिको चार बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले लामो समयसम्म पनि बाढीपीडितले राहत नपाएकामा आफू जानकार रहेको र अब उक्त कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सांसद् गणेशसिंह ठगुन्नाले विगतमा सरकारले राहत दिने निर्णय गरे पनि अझैसम्म पीडितले राहत नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा खिलराज रेग्मीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्ले राहत दिने निर्णय गरेको थियो, तर अहिलेसम्म एक जना पीडितले पनि राहत पाएको छैन, निर्णय गर्ने बेला विभिन्न शर्त राखिएकाले वर्तमान सरकारले ती शर्त हटाएर पीडितलाई राहत दिनुपर्छ ।

” उहाँले प्रधानमन्त्रीसँग महाकाली नदीमा विसं २०७० असारमा आएको बाढीबाट पीडितलाई उपलब्ध राहत न्यून रहेकाले त्यसलाई बढाइदिनसमेत आग्रह गर्नुभयो ।

ज्ञापनपत्रमा मन्त्रिपरिषद्को विसं २०७१ जेठ ८ गतेको बैठकले गरेको बाढीपीडितलाई सहुलियत दरको ऋण दिनेसम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न, दैवीप्रकोप पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्न, महाकाली बाढीपछि देशका विभिन्न जिल्लामा भएको दैवी प्रकोपमा परेका पीडितलाई सरकारले उपलब्ध गराए सरह अनुदान सहयोग उपलब्ध गराउन र महाकाली बाढीपीडितलाई सहयोग उपलब्ध गराउने उद्देश्यले केन्द्रीय दैवीप्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम उपलब्ध गराउन माग गरिएको छ ।

उक्त समितिले यसअघि गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडालाई पनि मागपत्र बुझाइसकेका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group