ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय निर्देशिकाबारे सिँचाईमन्त्री पुनले गरे यस्तो खुलासा


admin
९ पुस २०७५, सोमबार   ६ : २४   बजे

काठमाडौं,९ पुस । सरकारले भारत सरकारले परिमार्जन गरेको ‘क्रस बोर्डर विद्युत व्यापार निर्देशिकाको स्वागत गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सो निर्देशिका परिमार्जन गरेर भारत सरकारले नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारका लागि बाटो खोलिदिएको उल्लेख गर्दै स्वागत गर्नु भएको हो ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँले नेपालमा उत्पादित विद्युत भारत, बंगलादेश हुँदै तेस्रो मुलुकमा व्यापार गर्न सो निर्देशिका उपयोगी रहेको पनि प्रतिक्रिया दिनु भयो ।

मन्त्री पुनले नेपाल, भारत र बंगलादेशबीच भएको छलफलको आधारमा भारतले सो निर्देशिका परिमार्जन गरेको पनि स्पष्ट पार्नु भयो ।

भारतले सन् २०१६ मा बनाएको निर्देशिकामा आफूले लगानी गरेको आयोजनाबाट मात्रै विद्युत खरिद गर्ने व्यवस्था गरेको थियो । तर हालै परिमार्जन गरिएको सो निर्देशिकामा भने सो प्रावधान हटाइएको छ ।

त्यसलाई पनि नेपालले ठूलो उपलब्धिको रुपमा लिएको मन्त्री पुनको भनाई छ । मन्त्री पुनले परिमार्जित सो निर्देशिकाले विद्युत व्यापारका लागि ट्रान्समिसन लाईन नेपाल–भारत-बंगलादेशबीच विस्तार गर्ने योजनालाई सम्बोधन गरेको उल्लेख गर्दै खुसी व्यक्त गर्नु भयो ।

नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत प्रशारण लाईन विस्तार गर्ने विषयमा पनि छलफल भईरहेको छ । त्यसलाई पनि छिटो टुंगोमा पु¥याउने मन्त्री पुनको योजना छ । बंगलादेशले नेपालको विद्युत खरिदका लागि आवश्यक तयारीको कामलाई अघि बढाइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group