ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला पन्त प्रकरणमा थप अनुसन्धानकालागि प्रहरी महानिरीक्षक खनालसहितको एक टोली कञ्चनपुरतर्फ


एबीसी न्यूज
११ पुस २०७५, बुधबार   १० : ५८   बजे

काठमाडौं, ११ पुस।   कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा थप अनुसन्धानका लागि प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालसहितको एक टोली कञ्चनपुरतर्फ लागेको छ। प्रहरीका ३ विभागका प्रमुखसहितको टोली मंगलबार सडकमार्ग हुँदै कञ्चनपुरका लागि निस्केको हो।

टोली मंगलबार बेलुका बुटवलमा बास बसी बुधबार बिहान कञ्चनपुरका लागि निस्केको स्रोतले बतायो।  टोलीमा महानिरीक्षक खनालसहित केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी) का प्रमुख निरज शाही, प्रहरी मुख्यालयका एसपी रामदत्त जोशी, महानगरीय अपराध महाशाखाका डिएसपी रुगम कुँवर, प्रहरी नायव निरीक्षक गजेन्द्र रावलको टोली मंगलबार बेलुकी कञ्चनपुतर्फ प्रस्थान गरेको हो ।

टोलीमा गएका अपराध महाशाखाका डिएसपी रुगम कुँवर र प्रहरी नायव निरीक्षक गजेन्द्र रावल टेक्नीकल पाटोको अनुसन्धानमा दखल राख्ने अनुसन्धान अधिकारीका रुपमा चिनिन्छन् ।

केही दिनअघि मात्रै निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अपराध महाशाखाका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली कञ्चनपुर गएको थियो। डिएसपी भट्ट नेतृत्वको उक्त टोलीले शंकास्पद १० जनाको नाम टिपाएको र त्यसमा चारजना सैनिक समेत रहेको श्रोत बताउँछ ।

कञ्चनपुर पुगेर टोलीले निर्मलाको हत्या भएको स्थानको समेत अवलोकन गर्ने बताइएको छ। घटनास्थल, निर्मलाका परिवार तथा स्थानीयसँग छलफल गरी अनुसन्धानका नयाँ पाटाहरुको समेत खोजी हुने बताइएको छ।

निर्मलाको हत्यापछि गठन भएका छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा टोलीले यसअघिको अनुसन्धानमा देखिएका कमजोरीहरुलाई समेत केलाउने तथा तत्कालीन समयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुको कार्यसम्पादनको समेत विश्लेषण हुने स्रोतले बतायो।   बालिका पन्तको गएको साउन १० गते बलात्कारपछि हत्या भएको थियो। उनको शव हत्या भएको भोलिपल्ट नजिकैको उखुबारीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group