काठमाण्डौं ४, असोज । संयुक्त राष्ट्रसंघको महासभामा पहिलो पटक सम्बोधन गर्न पुगेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका वा आफ्नो गठबन्धनको रक्षा गर्ने अवस्था आएमा उत्तर कोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएका छन् । पछिल्लो समयमा उत्तर कोरीयाले गरीरहेको लगातार आणविक परिक्ष्यणलाई इकिंत गर्दै ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई रकेट म्यान को संज्ञा दिए । साथै उनी आत्महत्याको बाटोमा रहेको समेत बताए ।
ट्रम्प बोल्नु अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले युद्धको बाटोमा नबढ्न आग्रह गरेका थिए ।
त्यस्तै सम्बोधनका क्रममा ट्रम्पले इरानको पनि आलोचना गरेका छन् । उनले इरानलाई ‘भ्रष्टाचारी तानाशाह’ रहेको बताउदै मध्यपूर्व अस्तिर हुनको लागि इरान जिम्बेबार रहेको समेत बताएका छन् । उनले अब कसैले अमेरिकाको फाइदा उठाउन नसक्ने र एकतर्र्र्फी सम्झौतामा अमेरिकाले हस्ताक्षर नगर्ने बताएका छन् ।
त्यस्तै, ट्रम्पले समाजवादी सिद्धान्तको पनि आलोचना गरेका छन् । यस्ता सिद्धान्तले पीडा, विनाश र असफलता मात्र निम्ताएको बताएका छन् । त्यसैगरी उनले अमेरिकामा भइरहेको अनियन्त्रित आप्रवासनको पनि निन्दा गरेका थिए । यद्यपि, उनले अमेरिकाले विश्वभरका शरणार्थीहरुको सहयोगका लागि अर्बौ डलर सहयोग गरिरहेको कुरा दोर्याए ।
प्रतिक्रिया दिनुहोस्