ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा बैठक सकियो, ओली र प्रचण्डको प्रतिवेदन सर्वसहमतिले पास


एबीसी न्यूज
१३ पुस २०७५, शुक्रबार   १२ : ००   बजे


काठमाडौं, १३  पुस ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पास गर्दै नेकपाको बैठक शुक्रबार सकिएको हो । राजनीतिक प्रतिवेदनमा सुझावसहित सर्वसहमतिले पास गर्दै बैठक सकिएको नेकपाका नेता झलनाथ खनालले बताए ।

आफ्नो राजनीतिक प्रतिवेदनका सन्दर्भमा स्थायी कमिटी सदस्यले बैठकमा राखेका विभिन्न विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले कार्यदल गठन गरेर बाँकी रहेको सङ्गठनको एकतालाई निष्कर्षमा पु¥याउने बताउनुभएको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो ।

एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून व्यवसायी सङ्गठनमा मात्रको एकता भएको छ । जिल्ला कमिटी, स्थानीय तह र जनवर्गीय सङ्गठनको एकता हुन अझ बाँकी नै रहेको छ ।

उहाँले बैठकमा भएको छलफलले अझ उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको उल्लेख गर्नुभयो । पार्टीको एकतालाई बलियो बनाउनका लागि अब पार्टी एकता ढिलाइ गर्नुहँुदैन ।

उहाँले भन्नुभयो, ‘‘अहिले पार्टी एकतालाई छिन्नभिन्न बनाउन केही तत्व लागेका छन् । तिनलाई परास्त गरेर जानु पर्दछ । बैठकमा प्रधानमन्त्री ओलीले माघ महिनाभित्र सबै कमिटीको भेला र केन्द्रीय कमिटीको बैठकसमेत आयोजना गर्ने बताउनुभयो ।

यस्तै फागुन, चैत्रमा पार्टी एकतालाई अझ बलियो बनाउनका लागि राष्ट्रिय अभियान समेत सञ्चालन गर्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताउनुभयो । अध्यक्ष ओलीको राजनीतिक प्रस्तावमा माघ, फागुनमा राष्ट्रिय अभियान सञ्चालन गर्ने उल्लेख गरिएको थियो ।

नेता भट्टराईले संसद् चलिरहेकोले समय अभावका कारण अध्यक्ष ओलीले नै फागुन, चैत्रमा अभियान सञ्चालन गर्ने प्रस्ताव ल्याउनुभएको बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाएर लैजानेसमेत बताउनुभएको भयो ।

उहाँले मुलुकको राष्ट्रियता एकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता लागि पार्टी र सरकारको प्राथमिकतामा रहेकाले यसलाई अझ दृढ भएर लाग्ने बताउनुभयो । ‘‘लोकतन्त्रलाई सृदृढ गराउने, सुशासन कायम राख्ने, सङ्घीय प्रणालीलाई बलियो बनाउने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने सरकारको पहिलो प्राथमिकता रहेको छ’’ उहाँले बैठकमा भन्नुभयो ।

सरकारले यी कुरालाई ध्यानमा राखेर काम गरिरहेको छ । सरकारले सफलता प्राप्त गर्दै गइरहेको छ । बैठकमा प्रधानमन्त्री ओलीले पार्टी सञ्चालनका क्रममा केही कमीकमजोरी भएपनि अबको दिनमा त्यस्ता कमीकमजोरी हुने नदिने समेत बताउनुभयो ।

उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत सुदृढीकरण गर्दै लगिरहेको बताउनुभयो । नेकपाको तेस्रो स्थायी कमिटी बैठक मङ्सिर २९ गतेदेखि जारी रहेको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

आज जनैपूर्णिमा पर्व मनाइँदै

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu